२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
गत कात्तिक ११ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आज ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयमा लिखित जानकारी गराइसकेका छन् ।
एमाले विभाजित भएसँगै अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन् ।
गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हाल बागमतीमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको बागमती प्रदेशमा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक रहेको बेला पाण्डेले ५९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
बागमती प्रदेशमा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई – दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar