
चितवन, कालिका । चितवनका एक युवाले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालनु भएकाे छ । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि युवाहरु यसतर्फ आकर्षित भएकाे हाे ।
कालिका नगरपालिका–२ पदमपुरका गोविन्द बास्ताेला वर्षौ देखि धान, मकै, ताेरी खेती गर्दै आएकाे जग्गामा सयपत्री फूलखेती सुरु गर्नुभएको छ ।
गत वर्ष रु ६० हजारको फूल फूलेपछि उहाँ उत्साहित हुनुभएको थियो । यो वर्ष पनि उहाँले व्यावसायिक रुपमा सयपत्री फूल लगाउनुभएको हाे ।
चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उहाँले सयपत्री रोप्नुभयाे । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो ।
सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो । “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ,” उहाँले भन्नुभयो, “वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।” माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने हाे की भन्ने बास्ताेलालाई चिन्ता छ।
गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उहाँले सुनाउनुभयो ।
बिश्वव बिद्यालयकाे पढाइमा निकै अवल गोविन्द बास्ताेला आफ्नाे पढाइकाे समयलाई यसरी उपयाेग गर्नु हुन्छ। सयपत्रीमा सम्भावना देख्नुभएका उहाँँ अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । यसपाली व्यावसायिक तरिकाले लाग्नुभएका उहाँ अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउनुहुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar