२०८१ आश्विन २०, आईतबार
काठमाण्डौ – तिहार सुरुभएसंगै मुल्यबृद्धि अकासिएको छ ।
एक साता अघिसम्म ८५ रुपैयाँ प्रति किलोग्राम रहेको चिनी प्रति केजी ९५/१०० रुपैया सम्म बिक्री भइरहेको छ । भाईमसला र चिनीको मुल्य पछिल्लो समय अत्याधिक बढेको हो । विषेश गरी तिहारमा बढी खपत हुने चिनी, भाइमसला, बिजुली बत्तीका सामग्री, खाने तेल, फलफूल र हरियो तरकारीमा ब्यवसायीले आफुखुसी मुल्य लिइरहेका छन ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरका अनुसार चिनी, खाने तेल र भाइमसलामा केही मुल्य बढेको छ । अहिले मूल्य बढाउनु पर्ने कुनै कारण भने देखिएको छैन । बजारमा अनुगमन गर्ने कर्मचारीको ठुला व्यापारीसँगको सेटिङको कारण बजारमा त्यसता सामानको कृत्रित अभाव र मूल्य बढने गरेको साना ब्यवसायीहरुको भनाई छ ।
भाइमसला छोकडा, सुपारी, नारीवलमा तिहारको मुखमा आएको मुल्य बढाइएको हो । काजु बदाम, ओखर,दालचिनी लगायतका मसलाको मुल्ययभा भने खासै परिर्वतन आएको छैन । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठले चिनी, आटा, मैदा लगायतका मुल्य बृद्धि भएको बताएका छन । साल्ट ट्रेडिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्य बृद्धि गरिएको आकलन गरिएको छ ।
बजार अनुगमन गर्ने नियमक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्व विहिन हुँदा ठुला थोक व्यापारीले त्यसका भरपुर फाइदा उठाउँदै आइरहेका छन । तिहार र छठ पर्वमा चिनी, तेल आटा, मैदा र बिजुलीका सामग्री, भाइमसला, फलपूmलको खपत हुँने हुँदा व्यापारीले ती वस्तुहरुमा नै मूल्य निर्धारण गर्ने गरेको उपभोक्ता बादी संघसंस्थाको भनाई छ ।
तिहारमा चिनीको खपत धेरै नै हुँदा साता दिन अघि ८५ रुपैयाँ केजी चिनी पाइने अहिले थोक बजारमा नै ९४ रुपैँया सम्म पुगेको छ । सरकारसँग स्थानीय बजारको माग र आपूर्तिको एकिन तथ्यांक नहुँदा चाडवर्पमा विभिन्न बहाना बनाएर व्यापारीले आफू अनुकुल मूल्य बढाउने गरे पनि सरकार भने मौन रहेको छ । तिहार र छठमा धेरै खपत हुने चिनी हो । व्यापारीले चिनीमा प्रतिकेजी खुद्रामा १० देखि १५ रुपैयाँ र थोकमा ५ देखि ७ रुपैयाँ बढाएका छन ।
त्यसैगरी भाइमसला, बिजुलीका बत्ति लगायतका वस्तुमा आफुखसी मुल्य लिइरहेका छन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनका अनुसार सरकारको सहयोगमा नै व्यापारीले बजारमा मनपरी मूल्य बढाउने गरेका छन् । तिहार नजिकिँदै गर्दा सबै वस्तुमा व्यापारीले आफुखुसी मुल्य बढाएको उनको भनाई छ । तिहारलाई लक्षित गरी बजारमा भएको मनपरी मूल्य नियन्त्रण गर्ने छोडेर व्यापारीसँगै हातेमालो गर्ने गरेको स्रोतको भनार्य छ ।
हाल बजारमा तिहारमा बालिने बिजुली बत्ती, भाइमसाल, फलपूmल हरियो तरकारी चिनी, खाने तेल लगायतका वस्तुमा धेरै नै मुल्य बृद्धि भए पनि बजार अनुगमन गर्ने कार्य नै हुन छाडेको कारण त्यस्को प्रभाव आम नागरिकले बेहोर्नुपरेको उपभोक्तारुको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar