२०८१ भाद्र २३, आईतबार
काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अघीनै राजीनामा दिने तयारी गरेका हुन् । ९२ सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।
तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् । त्यसैले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि उनले राजिनामाको तयारी गरेका हुन् ।
उता कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले भने एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । बागमती प्रदेशमा पनि गत कार्तिक ११ गते एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनीसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar