२०८१ आश्विन २८, सोमबार
काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी कार्तिक २२ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
कार्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पत्रमा १२ गते उल्लेख गरिएको छ तर संसद् सचिवालयमा भने हिजो मात्र दर्ता भएको प्रवक्ता अमात्यले बताए ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा ९एकीकृत समाजवादी०को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताए । ‘हामीले सरकार गठन भएकै दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर तिहार लगत्तैको मिति तय गरेका छौं । आगामी कात्तिक २२ गतेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको छ । त्यसैले त्यसबारेको जानकारी प्रदेश सभालाई पनि गराइसकेको छ,’ मन्त्री खनालले भने ।
सरकारको काम र आवश्यकताको आधारमा मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरिने भएकाले गठबन्धनको दलहरुसँगको छलफलबाट सो विषयले पूर्णता पाउनेसमेत मन्त्री खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar