२०७९ जेष्ठ १४, शनिबार
काठमाण्डौ – लेखक बिश्व कुइकेलकाे प्रथम कथा सङ्ग्रह सुगन्धपुर सार्वजनिक भएकाे छ ।
शनिबार, राजधानीको कुञ्ज नाटक घरमा एक कार्यक्रमकाबिच पुस्तक लोकार्पण गरिएको हो। नेपाली समाजका बिबिध घटना र परिवेशलाई सजिब किसिमबाट उठान गरिएको कथा सङ्ग्रह सुगन्धपुरमाथि बक्ताहरुले आ आफ्नो किसिमबाट समिक्षा गरे ।
प्रा.डा खगेन्द्र लुइटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठक सामु पस्कन सफल रहेको उल्लेख गरे । “समाजमा ब्याप्त अनेक किसिममा उत्पीडिनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो । बिश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ भएपनि कथाहरु अध्ययन गर्दा उनी पुराना झै मलाई लाग्यो, लेखन शक्ति अब्बल रहेछ”। प्रा. लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका कर्मचारी बचेखुचेको समयमा ब्यर्थ समय कटाउनु दुखद रहेको बताउदै केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताए।
कार्यक्रममा समालोचक राजन मुकारुङले साहित्य समाजको एैना भएको बताउदै लेखक कुइकेलको साहित्यक सृजनाको खुलेर प्रशंसा गरे । उनले कथाकार कुइकेलले नेपाली परिबेशको विभिन्न कथा समाबेश गरेर सङ्ग्रह ल्याउनु सुखद रहेको बताए। ” जुनसुकै साहित्यक सृजना तब अब्बल हुन्छ , जब तेसभित्र समाजका अनेक पक्षलाई जस्ताको तेस्तै टिपेर अक्षरको माध्यमबाट बाहिर ल्याउन सकिन्छ, लेखकको सवल पक्ष भनेकै यहि हो, ” मुकारुङ्ले बताए ।
कार्यक्रममा मानवशास्त्री डा. सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सृजनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे । ” सुगन्धपुर कथा सङ्ग्रह काँठको जनजीवन देखि नेपालको फरक भूगोलको परिवेश समेटन सफल छ । नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्साहारुलाई कथाकारले बडो रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी हो ” घिमिरेले उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार विना थिङले पनि सुगन्धपुर कथा सङ्ग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुसी ब्यक्त गरिन । फिनिक्स बुकले प्रकाशन गरेको कथा सङ्ग्रह सुगन्धपुरमा १९ वटा कथा समाबेश छन् । पुस्तकको मूल्य ३५० रहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह