२०८१ आश्विन २७, आईतबार
काठमाडौँ । नेकपा(एकिकृत समाजवादी)का नेता तथा प्रतिनिधी सभा सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनमा आफुहरुको पार्टी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने बताएका छन् ।
नगर कमिटीद्वारा आज यहाँ आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसारपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उहाँले जनताले निर्माण गरेको संविधानको संरक्षण र जनताप्रति सम्मान नै पार्टीको मूल उद्देश्य रहेको बताए ।
एकिकृत समाजवादीले शंखरापुर नगर कमिटी गठन गर्न आयोजीत कार्यक्रममा उनले नयाँ पार्टीले जनमत पाउँदैन भन्नेहरुलाई २०६४ साल तर्फ फर्कन अनुरोध पनि गरे ।
नेता तथा प्रतिनिधी सभा सदस्य चौधरीले नीति र व्यक्तिवादी सोचबाट नभई विचार विधिबाट सञ्चालन गरी समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
पार्टी स्थापनाको २ महिनाभित्र ७५३ वटै स्थानीय तह र वडाहरुमा बिशाल संगठन संरचना निर्माण गरिसकेको बताउँदै नेता चौधरीले समाजवादी पार्टी नै देशलाई चलाउन सक्ने अनुशासित पार्टी भएको दावी पनि गरे ।
उनले आगामी निर्वाचनमा केपी ओलीलाई नै हराएर देखाउने घोषणा पनि गरे ।
ओलीको पार्टीले फेरि जनतासंग भोट माग्ने नैतिकता गुमाईसकेको उनको भनाई थियो । नेता चौधरीले आगामी निर्वाचनपछि केपी ओलीको हातल नोकिया मोबाइल जस्तै हुने ठोकुवा पनि गरे ।
सोही कार्यक्रममा एकिकृत समाजवादीले युवा संघ नेपालको शंखरापुर नगर कमिटी पनि गठन गरेको थियो । पार्टीले श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको हो।
सोही कार्यक्रममा नगरका ९ वटै वडामा वडा कमिटी पनि निर्माण गरिएको थियो । कार्यक्रम अघि युवाहरुले बिशाल मोटरसाइकल र्याली निकालेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar