
काठमाण्डौ – सनराइज क्यापिटलले एघारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शुक्रबार कमलपोखरी स्थित् कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी को कार्य समेत सकृय रुपमा सञ्चाचालन गर्दै आम लगानी कर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।
क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराईज फर्स्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरु सञ्चालन गर्दै आईरहेको छ । सनराईज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटि फण्ड (Sunrise Focused Equity Fund) नामको तेस्रो सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने प्रक्रियामा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar