२०८१ आश्विन १, मंगलबार
९ कात्तिक, काठमाडौँ । नबिल बैंकले सुर्खेतद्धारा बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेककाे छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासग दिग बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहु“चकोलागि समझदारी गरेकाे छ ।
बराहताल गाउँपालिकामा नबिल बैंककाे तर्फबाट नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाकाे तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएककाे छ ।
उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बाेल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गाेपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा राेजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयाे । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंककाे दिगाे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियाे बनाउने र देशकाे श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गर्नुभयाे ।
साथै उहाले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ गाउँपालिकाको विकासमा सहयाेग गर्न सबैलाई आग्रह गर्नुभयाे । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुकाे समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।
नबिल बैंकले गत असार १५ गते धान दिवशकाे दिन नबिल दिगाे बैंकिङककाे सुरुवात गरेककाे हाे । सरकारकािे दिगाे विकासकाे लक्ष्यलाई सघाउन नबिल बैंकले दिगाे बैंकिङ कार्यक्रम सार्वजानिक गरेकाे हाे । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेकाे छ ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्र व्यवसायिकरण र उद्यमशिलता विकासकाे लागि ल्याएकमाे याे कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar