२०८१ आश्विन १, मंगलबार
हुम्ला – वर्षासंगै हुम्ला जिल्लाको तापक्रम माईनस चार डिग्री सेल्सीयसमा झरेको छ ।
चीनसँगको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सा तथा ६ नम्बरको लिमीमा एक फिट भन्दा बढी हिउ जमेको जानकारी दिए ।
बर्षासंगै हिमपात पर्ने क्रम सोमबार बेलुकासम्म जारी रहेकोले जमिनमा हिउ जम्ने क्रम अझै बढ्ने उनले बताए । ‘हिउ जमेर उक्त क्षेत्रको जमिन सेताम्मे भएको छ । जमिनमा हिउ जमेसँगै सो क्षेत्रको तापक्रम माईसन चार डिग्रीमा पुगेकोले जनजीवन निक्कै कष्टकर भएको छ । दुबै क्षेत्र चार हजार दुई सय मिटर अग्लो स्थानका बस्तीमा स्थानीय बस्दै आएका छन् ।’ प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।
त्यस्तै लिमी र यारीमा पाँच वटा बस्ती रहेका छन् । हिमपात भएसंगै लिमी प्रबेश गर्ने पाँच हजार मिटर अग्लो न्यालु र हिल्सा प्रबेश गर्ने नारा लेकको बाटो बन्द भएको छ । यसबाट ती बस्तीमा आउजाउ बन्द भएको जनाईएको छ । प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माका अनुसार हिल्साको सिमा सुरक्षा प्रहरी चौकीसंग पनि सञ्चार सम्पर्क बिच्छेद भएको छ ।
उहाँले सोमवार बिहान प्रहरीसंग सम्पर्क भएपनि त्यसयता हुन नसकेको बताए । हिल्सामा पनि हिमपात भएको छ । यी क्षेत्रसंगै उत्तरी हुम्लाका उच्च स्थानहरुमा हिउ जम्न सुरु भएको छ । सदरमुकाम सिमकोट आसपासकै पंचमुखी र बोक्सी हिमाल पनि सेताम्मे भएका छन् । जसको कारण चिसो निक्कै बढेको छ । यसवर्षको यो पहिलो हिमपात हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar