• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनएमबि बैंक र टानबीच सहकार्य

१२ मिनेट अघि
२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

२ घण्टा अघि
३

अराजक ट्राफिक प्रहरी निलम्बित

२ घण्टा अघि
४

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

३ घण्टा अघि
५

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१६ घण्टा अघि
६

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

२० घण्टा अघि
७

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२१ घण्टा अघि
८

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२१ घण्टा अघि
९

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२१ घण्टा अघि
१०

मनकामना केबलकारको टिकटमा हिराको हार

२२ घण्टा अघि
११

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२२ घण्टा अघि
१२

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • अधिकांशको रोजाइमा २० देखि ३० हजारका स्मार्टफोन : यी हुुन् चल्तीका मिडियम रेन्ज

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक १, सोमबार (८ महिना अघि)
  • ५५९ पाठक संख्या
  • smart phone

    काठमाण्डौ – नेपालमा मिडियम रेन्जका (२० देखि ३० हजार रुपैयाँ) स्मार्टफोन सबैभन्दा लोकप्रिय बन्दै गएको छ।

    कोरोना महामारी २०७६ चैत पछि नेपाली बजारमा मिडयम रेन्जका फोनहरुको व्यापार थामिनसक्नु भएको बिक्रेताहरुले बताएका छन्।  कोभिड-१९ पछि अर्थात् सन् २०२० यता राम्रो डिभाइसको माग अझै बढ्दै गएको देखिन्छ। उपभोक्ताहरुले कोभिड महामारी यता अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायतका गतिविधिका कारण राम्रो स्पेसिफिकेसन भएका स्मार्टफोन खोज्ने गरेको बिक्रेताहरु बताउँछन्। जसका लागि मिडियम रेन्ज पहिलो रोजाइ बन्ने गरेको उनीहरुको भनाइ छ।

    मिडियम रेन्जका स्मार्टफोन माग अत्यधिक बढेपछि पछिल्लो समय नेपाली बजारमा नाम चलेका विभिन्न ब्राण्डका करिब २१ वटा स्मार्टफोन यो रेन्जका छन्। नेपाली बजारमा मिडियम रेन्जका स्मार्टफोनमा सामसङ, रियलमी, साओमी, पोको, भिभो, ओप्पो, वानप्लस बढी बिक्री हुने गरेको छ। मिडियम रेन्जका फोनहरुमा क्यामेरा, प्रोसेसरदेखि प्रिमियम लुक्स देखिने भएकाले पनि उपभोक्ताहरुको रोजाइमा परेको देखिन्छ। लो रेन्जका फोनबाट अपग्रेड गर्ने क्रम निकै बढेकाले पनि मिडियम रेन्जका स्मार्टफोन धेरैको आँखामा पर्ने बिक्रेताहरुले बताएका छन्।

    मिडियम रेन्जका अधिकांश फोनहरुमा न्यूनतम ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज पाइन्छ। धेरैमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज पाइने कम्पनीहरुले जनाएका छन्।  कोरोना महामारीपछि उपभोक्ताहरु २० हजार रुपैयाँ वा सोभन्दा कम मूल्यका स्मार्टफोनभन्दा मिडियम रेन्जका स्मार्टफोन खरिद गर्न थालेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए।

    ‘बेसिक फिचर फोन बोकिरहेका उपभोक्ताहरुले आफूलाई अपग्रेड गर्दै स्मार्टफोन, त्यो पनि लो रेन्जभन्दा माथिका अर्थात् मिडियम रेन्ज खरिद गरिरहेका छन्,’ मल्होत्राले भने, ‘नौ सय, एक हजार रुपैयाँमा पाइने बेसिक फोनहरुको आयात स्वाट्टै घटेर मिडियम र हाइ रेन्जका स्मार्टफोनहरुमा उपभोक्ताहरु झुम्मिनुको मुख्य कारक कोरोना महामारी हो।’ त्यसैगरी, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले पनस २० देखि ३० हजार रुपैयाँसम्मका स्मार्टफोन अहिले सबैभन्दा धेरै बिक्री हुने र माग अत्याधिक बढी भएको सेग्मेन्ट रहेको जानकारी दिए।

    ‘पछिल्लो समय २० देखि ३० हजार रुपैयाँ रेन्जका फोनहरुमा उपभोक्ताहरुले खोजेका सबै फिचर र आवश्यक प्रविधि पाइन्छन्,’ स्थापितले भने,’हामीले यही अवस्थालाई मध्यनजर गर्दै ‘एफ२२’ मोडल लन्च गरेका हौं। ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सेल क्यामेरा, ९० हर्ज रिफ्रेस रेट भएको यो फोनको माग अहिले यति धेरै छ कि हामीलाई मागअनुसार प्रडक्ट बिक्री गर्नै गाह्रो परिरहेको छ।’

    यी हुन् मिडियम रेन्जका स्मार्टफोन !

    सामसङले नेपाली बजारमा २० देखि ३० हजार रुपैयाँ पर्ने चारवटा स्मार्टफोन बिक्री गरिरहेको छ।

    सामसङले एफ २२ को मूल्य २० हजार चार सय ९९ र २३ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ। चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्ट भएको एफ २२ को २० हजार चार सय ९९ रुपैयाँ र ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको २३ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

    सामसङ ग्यालेक्सी ए२१ एसको २२ हजार चार सय ९९ रुपैयाँ पर्छ। सामसङ ग्यालेक्सी एम३२ को २४ हजार ९९९ देखि २७ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। एम३२ पनि दुईवटा भेरियन्ट चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा पाइन्छ।  २० देखि ३० हजार रुपैयाँ भित्र सबैभन्दा महँगो स्मार्टफोन सामसङ ग्यालेक्सी ए२२ हो। जसको मूल्य कम्पनीले २७ हजार ९९९ रुपैयाँ तोकेको छ।

    त्यसैगरी, शंकर ग्रूप आधिकारिक वितरक रहेको रियलमीको एउटा मात्रै मोडल मिडियम रेन्जमा उपलब्ध छ। कम्पनीले २८ हजार ९९९ रुपैयाँमा रियलमी ८ बिक्री गरिरहेको जनाएको छ। यस्तै, अर्को कम्पनी वानप्लसको पनि एउटा मात्रै मोडल मिडियम रेन्जमा छ। वानप्लसले नर्ड एन १०० २२ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ।

    चिनियाँ ब्राण्ड साओमीका रेड्मी ब्राण्डका अधिकांश मोडल मिडियम रेन्जका छन्। रेड्मी नोट १० प्रोको २९ हजार ९९९ रुपैयाँ, रेड्मी नोट १०एसको २५ हजार ९९९ रुपैयाँ, रेड्मी १० प्राइमको २० हजार ९९९ रुपैयाँ र रेड्मी ९ पावरको २० हजार ९९९ रुपैयाँ र २१ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

    रेड्मी ९ पावर तीनवटा भेरियन्टमा आउने भएपनि एउटा मोडल २० हजार रुपैयाँ मुनिको छ। २० हजार ९९९ रुपैयाँ पर्ने स्मार्टफोनमा चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको कम्पनीले जनाएको छ। २१ हजार ९९९ रुपैयाँ पर्ने सेटमा ६ जीबी र्‍याम र १२८ जीबी नै स्टोरेज छ। यस्तै, साओमीले नै उत्पादन गर्ने पोको ब्राण्डमा एउटा स्मार्टफोन यो रेन्जमा पाइन्छ। पोको एम३ प्रो फाइभजी कम्पनीले २३ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ।

    अर्को चिनियाँ ब्राण्ड भिभोका तीनवटा स्मार्टफोन २० देखि ३० हजार रुपैयाँमा पाइन्छ। भिभो वाइ २१ को २२ हजार ९९९ रुपैयाँ, वाइ२० एसको २५ हजार ४९९ रुपैयाँ र वाइ३० को २३ हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। त्यसैगरी, अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा २० देखि ३० हजार रुपैयाँ पर्ने सातवटा स्मार्टफोन बिक्री गरिरहेको छ। कम्पनीले ए५२ को २९ हजार ९९० रुपेयाँ, ए५३ को २२ हजार ९० रुपैयाँ, ए५४ को २५ हजार ९९० रुपैयाँ र ए३१ को २६ हजार ५९० रुपैयाँ पर्ने जनाएको छ।

    ए फाइभ २०२० भने दुईवटा भेरियन्टमा उपलब्ध छन्। तीन जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको २२ हजार ४९० रुपैयाँ र चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको २५ हजार ४९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। ओप्पको ए१५एस को २१ हजार ९९० रुपैयाँ र ए१२ को २० हजार ७९० रुपैयाँ पर्छ।

  • subhayug
  • मिडियम रेन्ज
  • स्मार्टफोन
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एनएमबि बैंक र टानबीच सहकार्य

  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन


  • समाचार
  • १

    एनएमबि बैंक र टानबीच सहकार्य
    १२ मिनेट अघि

  • २

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    २ घण्टा अघि

  • ३

    अराजक ट्राफिक प्रहरी निलम्बित
    २ घण्टा अघि

  • ४

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    ३ घण्टा अघि

  • ५

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १६ घण्टा अघि

  • ६

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    २० घण्टा अघि

  • ७

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २१ घण्टा अघि

  • ८

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २१ घण्टा अघि

  • ९

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २१ घण्टा अघि

  • १०

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १६ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution