
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीलाई धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।
शनिवार नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले जिल्ला ईन्चार्जसहितको जिम्मेवारी तोकेको थियो । सोहि क्रममा बुर्लाकोटीलाई धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै धादिङबाट केन्द्रिय कमिटीमा रहेका ६ जनालाई पनि जयाँ जिम्मेवारी दिईएको छ ।
नयाँ जिम्मेवारी पाउनेहरुमा धादिङबाट केन्द्रिय कमिटीमा रहेका गुरुप्रसाद बुर्लाकोटी, इन्दिरा ढुङ्गाना, मायादेवी शर्मा, कमला तुलाधार, कृष्णप्रसाद अर्याल, कृष्णहरि श्रेष्ठ रहेका छन् ।
जसमध्ये केन्द्रीय सदस्य बुर्लाकोटीलाई ,धादिङ इन्चार्ज, इन्दिरा ढुङ्गानालाई बैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ सह इन्चार्ज, मायादेवी शर्मालाई बैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ सह इन्चार्ज, कमला तुलाधारलाई बैकल्पिक केन्द्रीय सदस्य, कृष्णप्रसाद अर्याललाई केन्द्रीय अनुशासन आयोगको सदस्य, कृष्णहरि श्रेष्ठलाई केन्द्रीय अनुशासन आयोगको सदस्यको जिम्मेृवारी दिर्ईएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar