२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् ।
आज आइतबार बिहान पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् । पार्टीबाट मन्त्री भएकाहरुलाई अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आर्थिक लाभ लिनेदेखी कयौं जनविरोधी काम गरेको भन्दै त्यस्तो कार्य नगर्न सुझाव दिएका हुन् ।
त्यस्तै अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए । ‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ’ अध्यक्ष नेपालले भने ।
मन्त्रीहरुलाई पार्टी कार्यालयमा बोलाएर यस्तो निर्देशन दिँदैछन् माधव नेपाल !
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar