नेपालगञ्ज – प्रहरीले बाँकेको नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
शनिबार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले रेडपाण्डाको छालासहित जाजरकोट भेरी नगरपालिका १ बस्ने २८ वर्षीय मनिराम सुनारलाई पक्राउ गरेको हो ।
सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्दा एउटा रेडपाण्डाको छाला फेला परेको थियो । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar