काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । आज बिस्तार भएको मन्त्रीपरिषदमा नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । नेतृ झाँक्री मन्त्री भएसंगै झाँक्रीको नयाँ चर्चा सुरुहुन थालेको छ । झँक्रीको चलचित्रको विषयमा बजारमा नयाँ हल्ला चलेको हो ।
नेतृ झाँक्रीले आफ्नो ईतिहाँसमा आधारित रामकुमारी नामक एक चलचित्र निर्माण गरेकी थिईन् । तर झाँक्रीले आफु मन्त्री भएपछी मात्र उक्त चलचित्र रिलिज गर्ने बताएकी थिईन् । आज झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएसंगै उक्त चलचित्र कहिले रिलिज हुन्छ भन्नेबारे बजारमा गाँईगुंई हल्ला चलेको हो ।
यस्तो छ चलचित्रको बिषय !
वि.सं.२०७२ सालमा झाँक्रीले आफ्नो ईतिहाँसमा आधारित एक चिलचित्र निर्माण गरेकी थिईन् । उक्त चलचित्रको नाम ‘रामकुमारी’ हो । रामकुमारीमा नेत्री झाँक्रीको संघर्षको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा नायिका सारिका घिमिरे रामकुमारीको भूमिकामा देखिएकी छिन् । उक्त चलचित्रमा सुर्यदिप रेग्मी (दिपक)ले निर्देशन गरेका छन् ।
निर्देशक रेग्मीका अनुसार उक्त चलचित्र झाँक्रीको संघर्षमा आधारित कथा हो । तर, फिल्मले उनको विचारको प्रतिनिधित्व भने गरेको छैन । ब्यबसायिक उद्देश्यले बनाइको चलचित्रमा झाँक्रीका संघर्षका कथालाई भने रोचक ढंगले प्रस्तुत गरेको निर्देशक रेग्मीले दाबी गरेका छन् । ‘गाउँको एउटा सामान्य परिवारमा जन्मिएकी महिला कसरी राजनीतिमा स्थापित भइन् रु हामीले यी कुराहरु खोजेका छौं ।’ निर्देशक रेग्मीले भने । त्यसो त झाँक्री संघर्षशिल महिला भएकाले उनको जिबनशैलिवाट प्रभावित भएको निर्देशक रेग्मीको भनाई छ । ‘म उहाँको संघर्षवाट प्रभावित थिँए त्यहि भएर चलचित्र बनाएँ ।’ रेग्मीले भने ।
चलचित्र बनाउने क्रममा दुई पटक रामकुमारीलाई भेटका निर्देशक रेग्मीले उनका वारेमा लगभग एक महिना रिसर्च गरेको बताएका छन् । रामकुमारी जन्मेको स्थान गुल्मी म्यालपोखरी पुगेका रेग्मीले उनको गाउँघर र उनले पढेको विद्यालयको वारेमा अनुसन्धान गरेका थिए । रामकुमारीलाई पढाउने शिक्षक भोज बहादुर कुँबरसाग कुराकानी गरेका रेग्मीले गाउँमा छँदा रामकुमारी कस्ती थिइन् भन्नेमा गाउँलेहरुसँग समेत कुरा गरेका थिए ।
रामकुमारीमा नेपाली राजनितीमा महत्वकांक्षा पालेकी युवतिको चरित्र प्रस्तुत गर्न खोजिएको छ । त्यस्तै उनको राजनितीक आन्दोलनका विषयहरु पनि चलचित्रमा समेटिएको निर्देशक रेग्मीले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar