विराटनगर – ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।
३३ किलो सुन प्रकरण बाहिरिएसँगै छानबिन समितिको प्रतिवेदनले ३८ क्विन्टलसम्मको विवरणलाई बाहिर ल्याएको थियो। गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाइएको हो। न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।
सोही प्रकरणका दोषी राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar