२०८१ आश्विन २७, आईतबार
काठमाण्डौ – यौनधन्दा चलाएको आरोपमा मूलपानीबाट १ महिला पक्राउ परेकी छन् ।
यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई मूलपानी स्थित् आफ्नै घरबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोप्य सुचनाको आधारमा माइती नेपालसँगको समन्वयमा बुढाथोकीलाई पक्राउ गरिएको जनाएको छ । टोलीले जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई उद्दारसमेत गरेको छ ।
हिजो सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप – निर्देशक अच्युत नेपालले जानकारी दिईन् । मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा बुढाथोकीले १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उद्धार गरिएका किशोरीहरुलाई भने माइती नेपालको संरक्षणमा राखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar