२०८१ आश्विन १, मंगलबार
धनुषा – धनुषाको बटेश्वर गाउँपालिकामा सौर्य सडक बत्ती खरिदमा १०३ थान बत्ती खरिदगरी १०९ थानको बिल पेशी अनियमितता गरेको पाईएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा खरिद गरेको सोलार बत्ती, गाँउपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको मिलेमतोमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले निर्धारण गरेको अधिकतम मूल्यभन्दा २७ प्रतिशत बढी मूल्यमा खरिद गरि अनियमितता गरेको हो। महालेखा परिक्षकको कार्यालयले सार्वजनिनक गरेको ५८ ओं पतिबेदनमा पनि उक्त प्रकरणमा अनियमितता भएको भन्दै बेरुजु देखाईएको छ ।
गाउँपालिकाले खरिद गरेको भनिएको सौर्य बत्तीको वास्तविक परिमाणसमेत कम देखिएको छ। गाउँपालिकाको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६र०७७ मा ४ प्रकारको ४० वाटको १०९ थान सौर्य सडक बत्ती खरिदबापत १ करोड ३५ लाख ६९ हजार ९५४ रुपैयाँ खर्च भएको छ। प्रवर्द्धन केन्द्रले ४० वाटको सौर्य सडक बत्तीको तराईमा अधिकतम ९८ हजार ५३ रुपैंया मूल्य निर्धारण गरेको छ।
महालेखाको प्रतिवदेनअनुसार गाउँपालिकाको कार्यालयले १०९ वटा सोलार बत्ती खरिद गरेको छ। गाउँपालिका अध्यक्ष राउतका अनुसार पाँच वटै वडाका मुख्य चोक, वडा, गाउँपालिकाको कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, मन्दिर र मस्जिद लगायतका स्थानमा ती सोलार बत्ती जडान गरिएको हो । तर गाउँपालिकामा भने १०३ वटा सोलार बत्तीमात्र जडान भएको देखिएको छ। वडाध्यक्ष शैलेन्द्रकुमार महतोका अनुसार वडा नम्बर १ मा ८ वटा बत्ती जडान गरिएको छ। त्यसैगरी वडाध्यक्ष गंगाराम कुँवरका अनुसार वडा नम्बर २ मा समेत ८ वटा बत्तीमात्र जडान गरिएको छ।
वडाध्यक्ष हिरालाल महतोका अनुसार वडा नम्बर ३ मा ५ वटा र वडाध्यक्ष शिवकरण यादवका अनुसार वडा नम्बर ५ मा ९ वटा सोलार बत्ती जडान गरिएको छ। वडा नम्बर ४ का अध्यक्ष दीपरमण दाहालले गाउँपालिका कार्यालयले जडान गरेकाले बत्तीको संख्या थाहा नभएको बताए। गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, वडा कार्यालय, बजारसहितका स्थानमा गन्ती गर्दा ७३ वटामात्र सोलार बत्ती जडान गरिएको देखिएको हो।
‘हामीले पनि गन्ती गर्दा ४ नम्बर वडामा ७३ वटा बत्ती मात्र देख्यौं,’ स्थानीय निरज कार्कीले भने। ती सबै जोड्दा १०३ वटा सोलार बत्तीमात्र पुग्छ। सोलार बत्ती खरिद गरेर ल्याएको देखे पनि गिन्ती भने आफूले गर्न नभ्याएको गाउँपालिका अध्यक्ष राउतले स्विकार गरे । ‘अनुगमन गर्न जान्छु सोचेको थिएँ। तर प्रशासकीय अधिकृत त्योभन्दा पहिले भागेपछि गइनँ। १०६ वटा बत्तीमात्र खरिद भएको मलाई थाहा भएन। गम्भीर कुरा सुनाउनुभयो। कसैलाई लगाएर गन्न लगाउँछु,’ अध्यक्ष राउतले थपे।
यसरी ६ वटा कम सोलार बत्ती खरिद र मर्मत सम्भारका लागि भन्दै अग्रिम भुक्तानी भनी थप ७ लाख ६१ हजार ४ रुपैयाँ अनियमितता गरेको छ।
सोलार बत्ती जडानमा चरम अनियमितता : गाउँपालिका अध्यक्षको मिलेमतोमा ४४ लाख झ्वाम्
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar