• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

१३ घण्टा अघि
२

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

१६ घण्टा अघि
३

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

१८ घण्टा अघि
४

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

१९ घण्टा अघि
५

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

२० घण्टा अघि
६

इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

२० घण्टा अघि
७

‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर

२० घण्टा अघि
८

सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

२० घण्टा अघि
९

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२१ घण्टा अघि
१०

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१ दिन अघि
११

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१ दिन अघि
१२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ४ हफ्ता अघि
  • ट्याक्स हेभन मुलुकमा परिवारैको लगानी पुष्टिपछी विनोद चौधरी बिवादमा : अव के हुन्छ सांसद पद !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ आश्विन १८, सोमबार (३ साल अघि)
  • ९५४ पाठक संख्या
  • खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्टमा आधारित

    tax haven chaudhari

    काठमाण्डौ – गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद – बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

    आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

    अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।

    गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । ‘यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी हो ।’

    अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

    गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

    ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।

    ‘आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन’, अन्तर्वार्तामा रायलले भनेका छन् ।

    नेपालको सन्दर्भमा पूर्णकालीन राजनीतिज्ञहरूको हालसम्म अफशोर कारोबारमा नाम उल्लेख नभए पनि त्यस्तो कारोबार गर्नेहरूलाई उनीहरूको साथ देखिन्छ । किनकि हालसम्म ५५ नेपाली तथा गैर आवासीय नेपालीले अफशोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्स मार्फत २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।

    यस्तो विवरण सार्वजनिक हुँदा समेत राज्यका शक्तिशाली निकायहरूको मौनता जारी छ । यी निकायको मौनताले ट्याक्स हेभन मुलुकमा नेपालीको लगानीलाई प्रोत्साहन गरिरहेको देखिन्छ । प्यान्डोरा पेपर्स त्यसको एउटा उदाहरण हो ।

    ट्याक्स हेभन मुलुकमा चौधरी परिवारैको लगानी

    नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ ।

    आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ । ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।

    चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका कम्पनीमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सका विवरणले देखाउँछ । ‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले गरेको नेपाली कानूनका छिद्रको उपयोग, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदारमाथि मनी लाउण्डरिङ आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

    ‘मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने ताकि, मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्’ सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन् । त्यसका लागि आयकर ऐनको ‘बासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन् ।

    ‘वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो । उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो’ चौधरीले भनेका छन्, ‘मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें । आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन् ।’

    तर, प्यान्डोरा लिक्स अनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी रहेको छ ।

    सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ । ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ ।

    ‘यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ’ पूर्व अर्थ सचिव रामेश्वर खनालले भने, ‘यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छुट दिएको हैन । कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने विदेशमै लगानी गर्न पाउँछ ।’ तर चौधरीले नेपालबाटै रकम लगेर विदेशमा लगानी गरेको हुुँदा उनको दाबी ‘तर्कसंगत’ नभएको खनालको प्रतिक्रिया छ ।

    ‘नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ’ खनालले भने, ‘तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ । त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ । नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो, भनेर पुष्टि गर्न खोज्नुभएको छ जुन गलत हो ।’ यस आधारमा पनि चौधरीले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा भएको छ ।

    अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा समेत विदेशमा लगानी गैरकानूनी हो । किनभने नेपाली कानून (विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१) ले राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन ।

    यस कानून बमोजिम विदेशमा लगानी गर्ने भए नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्छ । तर, ‘प्यान्डोरा पेपर्स’ ले खुलासा गरेका बाँकी कम्पनीमा लगानी गर्न राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमती सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ । ‘विदेशीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता शेयर गिफ्ट पाएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यस बाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं ।’

    हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएको बाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न चौधरीले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन । उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । ‘मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालना गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्’ खोज पत्रकारिता केन्द्रका लागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नको जवाफ दिँदै राहुल चौधरीले भनेका छन् ।

  • subhayug
  • अफशोर कम्पनी
  • आईसीआईजे
  • गैरआवासीय नेपाली
  • चौधरी ग्रुप
  • ट्याक्स हेभन मुलुक
  • विनोद चौधरी
  • शेयर खरीद बिक्री
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

  • क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

  • रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    १३ घण्टा अघि

  • २

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    १६ घण्टा अघि

  • ३

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    १८ घण्टा अघि

  • ४

    अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
    १९ घण्टा अघि

  • ५

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’
    २० घण्टा अघि

  • ६

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा
    २० घण्टा अघि

  • ७

    ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर
    २० घण्टा अघि

  • ८

    सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन
    २० घण्टा अघि

  • ९

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २१ घण्टा अघि

  • १०

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    २

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ३

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution