
धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमाले पार्टी व केपी शर्मा ओलीको प्राईभेट कम्पनीमा परिणत भएको आरोप लगाएका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ सिद्धलेक गाँउपालिकाले् आयोजना गरेको अगुवा युवा भेलामा बोल्दै उपमहासचिव तुलाधरले अव एमाले पार्टीमा ओली बाहेक अरुको कुनै अधिकार नभएकाले सिंगो पार्टी नै ओलीको प्राईभेट कम्पनीमा परिणत भएको आरोप लगाएका हुन् ।
पार्टीको ९ औं महाधिबेशनमा अध्यक्ष निर्बाचित् भएपछी ओलीले पार्टीलाई संस्थागत भन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, नेताहरुलाई समान तवरले उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको, पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम नगरेको भन्दै तुलाधरले पार्टीमा विद्रोह गर्नुपरेको बताए ।
त्यस्तै उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन खोजेकाले आफूहरुले पार्टीलाई पुर्नगठन गरेकोसमेत स्पष्ट पारे । तुलाधरले अध्यक्ष ओलीको दम्ब घमण्ड र गुटबादका कारण आफुहरु पार्टीभित्र बस्नै नसक्ने अवस्थामा पुगेपछी पार्टी फुटको अवस्थामा आएकोसमेत बताए ।
केपी ओलीले जनतालाई हावा सपना बेचेर जनतालाई थाङ्नामा सुताएको समेत तुलाधरले आरोपसमेत लगाए । उक्त कार्यक्रममा एकीकृत समाजवादी पार्टीका जिल्ला स्तरिय नेता तथा जनबर्गिय संगठनका केन्द्रीय स्तरका नेताहरुको आतिथ्यता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar