२०८१ भाद्र २२, शनिबार
पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको बताएका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) पाल्पाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष पाण्डेले बालुवाटारको शासनकालमा केपी ओलीमा उन्माद चढेको भन्दै सोहि उन्माद र घमण्डले बालुवाटारको शासन अन्त्य हुनपुगी बालकोटको खोपीमा थन्किएको बताएका हुन् ।
त्यस्तै उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको समेत स्पष्ट पारे । त्यस्तै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar