• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • म्याद गुुज्रेका सामान बेच्ने छ व्यापारीमाथि कारबाही

    न्युज डेस्कप्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (९ महिना अघि)
  • ५४३ पाठक संख्या
  • Date-expired food items

    १५ असोज,लहान – म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ ।

    चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

    अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका – १ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०/१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

    अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।

    सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताए ।

    अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।

    लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिए । अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए ।

    अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको भनाइ थियो ।

    यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

    महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उनको भनाई थियो ।

  • subhayug
  • गुणस्तरहीन सामान बिक्री
  • बजार अनुगमन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution