१४ असोज,काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको आजको बैठकपनि सुरुमै नाराबाजी र अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका छन् ।
एमाले सांसदहरुले सभामुखको आग्रहको वेवास्था गर्दै संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर भन्दै नारा लगाइरहेका छन् । एमालेको अवरोधका बीच सभामुखले भने बैठकलाई अगाडि बढाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar