२०८० जेष्ठ २०, शनिबार
तनहुँमा जन्मिएका काफ्ले हाल चितवनको भरतपुरमा बसोबास गर्छन। उनले डेनमार्कबाट वाणिज्य तथा व्यापारशास्त्रमा स्नाकोत्तर गरेका छन्। काफ्ले सँग सन् २०१५–०१७ कार्यकालमा एनआरएनए डेनमार्कको सचिव पदको अनुभव रहेको छ ।
काफ्ले २०१९ देखि आइसीसीको सदस्य पदमा रहि काम गर्दै आइरहेका छन्। उनले नेपालमा हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
‘कनेक्टिङ युथस् विथ कज’ नाराका साथ अघि बढेका उनी युवालाई उत्प्रेरित गर्दै उनीहरूभित्र रहेको रचनात्मक सोचमार्फत समाज परिवर्तन गर्न सकिनेमा विश्वस्त देखिन्छन्। ‘एनआरएनएमा युवा सहभागिता न्यून छ। नेतृत्व तहसम्म सोच्ने वर्ग त लगभग शून्य नै छ। युवावर्गले पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो एजेण्डा हो,’ काफ्लेले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar