२०८१ भाद्र ३०, आईतबार
१ असोज,धादिङ – धादिङमा नेकपा एमालेबाट निर्वाचित् वडा अध्यक्षबाट स्थानियमाथी निर्घात् कुटपिट भएको छ ।
शुक्रवार साँझ, छिमेकिको घरमा खाजा खाँदै गफ गरिरहेको अवस्थामा नीलकण्ठ नगरपालिका वडा नं १४ निवासी अब्जनाथ सापकोटा माथि वडाध्यक्ष फन्द्रा तामाङ सहितको समूहले निर्घात कुटपिट गरेको हो । साविक धुवाकोट गाउँ विकास समितिका अध्यक्ष समेत भैसकेका स्थानिय सापकोटा माथि वडाध्यक्ष फन्द्रा तामाङ सहितको समूहले हातपात गरेको सापकोटाले बताए ।
भोली नेकपा एकीकृत समाजवादीको वडा स्तरिय भेला छ, उक्त भेला कुनै हालतमा हुन नदिन भन्दै वडाध्यक्ष तामाङ सहितको एमालेका टोली आज दिँउसैदेखी सक्रिय भएका थिए । तर हामी आफ्नो ढंगले लागीरहेका छौँ । भोलीको कार्यक्रमबारे छिमेकमा छलफल गरिरहेका थियौँ । सोहिक्रममा एक्कासी ममाथी आक्रमण हुन थाल्यो । धन्न छिमेकीले मलाई जोगाईदिए । नत्र जेपनि हुनसक्थ्यो । पिडीत सापकोटाले भने ।
नेकपा एमाले विभाजन भएपछि सापकोटा नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । सापकोटाकै नेतृत्वमा भोलि असोज २ गते एकीकृत समाजवादीको वडा स्तरिय कार्यकर्ता भेला गर्न लागेको छ । भेला हुन नदिन र कार्यकर्ता तथा सर्वसाधारणमा त्रास फैलाउने उदेश्यले नियोजित रुपमा आक्रमण भएको सापकोटाको आरोप छ । सापकोटा माथि आक्रमण गर्ने वडाध्यक्ष तामाङ नेकपा एमालेमै छन् ।
सापकोटामाथी हातपात गर्दै निर्घात कुटपिट गर्न थालेपछी सापकोटालाई जोगाईदिने छिमेकीका अनुसार खाजा खाईरहेकाबेला एकीकृत समाजवादीको भेला किन गर्न लागेको, यहाँ अरु कसैले कुनै कार्यक्रम गर्न पाउँदैन भन्दै वडाध्यक्ष तामाङसहितका समुहले सापकोटामाथी अपाच्य र तुच्छ शव्दसहित गालिगलौज गर्दै कुटपिट गरेका हुन् ।
घटनापछि स्थानीय प्रहरी चौकिका इञ्चार्जको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । पिटाई खाने सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar