• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१५ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१५ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१६ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१६ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१७ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१७ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१७ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

१८ घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

१८ घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

१९ घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

१९ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

१९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    २ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • गजुरी गाउँपालिकामा भ्रष्टाचारको चाङ : अध्यक्षको मासिक तलव ९० हजार , उपाध्यक्षको कति ? चाडपर्व खर्चसमेत सरकारी कोषबाटै

    कुशल आले मगरप्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (२ साल अघि)
  • १४७९४ पाठक संख्या
  • gajuri gapa cruption

    १ असोज,धादिङ – धादिङको गजुरी गाउँपालिकाकामा अध्यक्ष र उपाध्यक्षले ऐन बिपरित सरकारी ढुकुटीबाटै तलव सुविधा लिने गरेको पाईएको छ ।

    माहालेखा परिक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनले गजुरी गाउँपालिकाकामा अध्यक्ष र उपाध्यक्षले ऐन बिपरित सरकारी ढुकुटीबाटै तलव सुविधा लिने गरेको ठहर गरेको हो । प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले मासिक ९० हजार रुपैयाँ र उपाध्यक्ष सिता ढुंगानाले मासिक ७५ हजार बुझ्ने गरेका छन् । बागमती प्रदेश अन्तर्गत स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ ९पहिलो संशोधन० अनुसार गाउँपालिका अध्यक्षले मासिक ३० हजार र उपाध्यक्षको २५ हजार रुपैयाँ मासिक तलवी सुविधा लिन पाउने भएपनी गजुरी गाउँपालिकाकाका पदाधीकारीहरुले भने ऐन बिपरित तववी सुविधा लिँदै आएका हुन् ।

    त्यस्तै गाँउपालिकाका ८ जना वडा अध्यक्षहरुले सरकारी ढुकुटीबाट मासिक रुपमा ६० हजार, कार्यपालिकाका अन्य ६ जनाले मासिक १८ हजार र सभाका अन्य २७ जनाले मासिक १५ हजार रुपैयाँ बुझ्दै आएका छन् । जवकी बागमती प्रदेशले स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका लागी प्रदेश राजपत्र नै प्रकाशित गरी ऐन बनाएको छ । जसमा अध्यक्षका लागी ३० हजार, उपाध्यक्षका लागी २५ हजार, वडाध्यक्षका लागी २० हजार, कार्यपालिका सदस्यका लागी ६ हजार र सभाका सदस्यका लागी ५ हजार रुपैयाँ व्यवस्था गरिएको छ । तर गाँउपालिकाबाट भने जनप्रतिनिधीका लागी मात्र मासिक रुपमा ११ लाख ५८ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

    त्यस्तै गाँउपालिकाले सञ्चार महशुलमा समेत मनोमानी गरेको देखिएको छ । सञ्चार महशुलका नाममा गाँउपालिकाबाट अध्यक्ष बस्नेतले मासिक रुपमा ४ हजार ५ सय र उपाध्यक्षले ३ हजार रुपैयाँ बुझ्दै आएको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै ८ जना वडाध्यक्षहरुले पनि सञ्चार महशुल स्वरुप मासिक रुपमा २ हजार चार सय रुपैयाँ बुझ्दै आएका छन् । यद्धपी कार्यपालिका सदस्य र सभाका सदस्यहरुले भने सञ्चार महशुल नलिएको प्रतिबेदनमा उल्लेख छ । उता प्रदेश ऐनमा भने अध्यक्षका लागी १ हजार ५ सय, उपाध्यक्षका लागी १ हजार र वडा अध्यक्षका लागी रु. ८ सय सञ्चार महशुल स्वरुप मासिक रुपमा भुक्तानी लिन पाउने व्यबस्था छ । तर गाँउपालिकाका पदाधिकारीहरुले भने सञ्चार महशुल स्वरुप मासिक रुपमा २ लाख ६ हजार ७ सय रुपैयाँ भुक्तानी लिँदै आएका छन् ।

    त्यस्तै गाँउपालिकाका पदाधिकारीहरुले चाडपर्व खर्च समेत गाउँपालिकाबाट लिने गरेको देखिएको छ । महालेखा परिक्षकको ५८ औँ प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्षसहितका पदाधिकारीहरुले दशैं खर्च बापत गाउँपालिकाबाट ३ लाख ८६ हजार रुपैयाँ लिने गरेको भेटिएको छ । जसअनुसार गाँउपालिका अध्यक्ष बस्नेतले दशैं खर्चबापत मासिक ३० हजार, उपाध्यक्ष ढुंगानाले मासिक २५ हजार र ८ जना वडाध्यक्षहरुले मासिक २० हजारका दरले १ लाख ६० हजार, कार्यपालिकाका ६ जना सदस्यहरुले मासिक ६ हजारका दरले ३६ हजार र सभाका २७ जना सदस्यहरुले ५ हजारका दरले १ लाख ३५ हजार रुपैयाँ लिएको देखिएको छ । जसबापत दशैँका बेलामात्र गाँउपालिकाको ३ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । उता स्थानिय तहका पदाधिकारीले दशैं खर्च लिन नपाउने भएपनि उक्त रकम बुझेको भन्दै फिर्ता लिनुपर्ने महालेखाको ठहर छ ।

    वागतमी प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले प्रति बैठक एक हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ । तर, २०७७ जेठ २ गते बाट गाउँपालिकाका २१ जना पदाधिकारीले दैनिक भत्त १५ हजार ५ सय र थप ५ सय रुपैयाँ खाजा खर्चको नाममा भुक्तानी लिएका छन् । जसवापत गाँउपालिकाका पदाधिकारीहरुले तोकिएको भन्दा बढी एक लाख ३३ हजार ५ सय रुपैयाँ भत्ता लिएको महालेखाले जनाएको छ । त्यस्तै उनिहरुले १५ वटा बैठकबात ७ हजार ५ सय रुपैयाँ बढी भत्ता लिएको महालेखाको ठहर छ ।

    त्यस्तै गजुरी गाउँपालिकाका ४३ जना पदाधिकारीले ऐन विपरित प्रतिव्यक्ति १० हजार रुपैयाँ पोसाक भत्तासमेत लिएका छन् । यसरी पोसाक भत्तामा मात्रै ४ लाख ४० हजार रुपैयाँ गैरकानुनी खर्च भएकाले उक्त रकम फिर्ता लिनुपर्ने महालेखाको ठहर छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित १६ जना अधिकारीहरुले गैरकानुनी रुपमा दोहोरो इन्धन सुविधासमेत लिएको र उक्त सुविधाको नाममा २ लाख २७ हजार रुपैयाँ सकिएको महालेखाले जनाएको छ ।

    स्थानिय तहका प्रमुख तथा उपप्रमुखले स्वकिय सचिव राख्न नपाउने भनेर सुविधा सम्बन्धी ऐन मै उल्लेख छ । स्थानिय सरकार सञ्चालन ऐनमा पनि तोकिएको भन्दा फरक पदमा कर्मचारी राख्न नपाइने उल्लेख छ । तर, गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले आफ्नै नाता पर्ने व्यक्तिलाई पिए नियुक्त गरेका छन् । उनलाई नायब सुब्बा स्तरको तलब बापत बार्षिक ३ लाख ६६ हजार ६ सय रुपैयाँ तलब गैरकानुनी रुपमा दिएको महालेखाको ठहर छ ।

    गाउँपालिकाले खाना तथा विविध खर्चकै नाममा २५ लाख २२ हजार रुपैयाँ खर्च गरेको भएपनि यो खर्च समेत मितव्ययी नदेखिएको पाइएको छ ।

    त्यस्तै गाउँपालिकाले साढे १० लाख रुपैयाँ भन्दा बढी रकम अनावश्यक रुपमा चन्दा सहयोग गरेरै उडाएको पाइएको छ । रुद्रेश्वर आमा समुहलाई संस्कृति प्रवर्दनकै लागि ५ लाख रुपैयाँ दिइएको छ । ध्रुव कोइराला भन्ने व्यक्तिलाई क्रिसमस मनाउनका लागि २ लाख रुपैयाँ दिइएको महालेखाको विवरणमा उल्लेख छ ।

    गाउँपालिकाले नाफा कमाउने उद्देश्यबाट स्थापित कम्पनिलाई समेत होमस्टेको नाममा साढे ३ लाख रुपैयाँ दिएको र उक्त होमस्टे सञ्चालनमै नरहेको देखिएको छ । शिर्षक नै फरक पारेर गाउँपालिकाको बजेटमा लुट मच्चाउने गतिविधि समेत गजुरीमा भएको छ । अध्यक्ष बस्नेतले आफू होटलमा बसेको खर्चलाई समेत सेवा तथा परामर्शको नाममा तिराएका छन् । होटलमा बसेको खर्चलाई सेवा तथा परामर्श भनेर ८६ हजार ९ सय ३२ रुपैयाँ खर्च गरिएको छ ।

    त्यस्तै गाउँपालिकाका शाखा अधिकृत भिमसेन विष्टले चेपाङ बालबालीकालाई खेलकुद सामग्री वितरण गर्छु भन्दै पालिकाबाट १ लाख रुपैयाँ पेश्की लिएपनि खेलकुद सामग्री लिएर गएको प्रमाण नभएको महालेखाले जनाएको छ । लेखा परिक्षण प्रतिवेदन नै पेश नगरेपछि आदर्श बहुमुखी क्याम्पसलाई ३९ लाख रुपैयाँ अनुदान दिइएको छ । यसको हिसाब समेत पारदर्शी नरहेको महालेखाले जनाएको छ ।

  • subhayug
  • गजुरी गाउँपालिका
  • धादिङ
  • माहालेखा परिक्षकको कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १५ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १५ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १६ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १६ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १७ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १७ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १७ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    १८ घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    १८ घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution