• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ घण्टा अघि
२

अराजक ट्राफिक प्रहरी निलम्बित

१ घण्टा अघि
३

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

१ घण्टा अघि
४

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१५ घण्टा अघि
५

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

१८ घण्टा अघि
६

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२० घण्टा अघि
७

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२० घण्टा अघि
८

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२० घण्टा अघि
९

मनकामना केबलकारको टिकटमा हिराको हार

२१ घण्टा अघि
१०

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२१ घण्टा अघि
११

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२१ घण्टा अघि
१२

काठमाडौंमा पानीका जारमा भेटिन्छन् हैजाका जीवाणु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    १ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध

    प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (९ महिना अघि)
  • ३९३ पाठक संख्या
  • Sequence 03.Still013

    रसुवा, २९ भदौ

    बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-रसुवागढी सडकखण्डको बेत्रावती-नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् ।

    मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेँसी-रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । रसुवाको बेत्रावती बाई जक्सनदेखि नयाँ पुलसम्मको जग्गा प्राप्त गर्नका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँगको विवाद रहेको भनी अवरोध गरिरहेकाले हालसम्म पनि पूर्ण हुन नसकेको उनले बताए ।

    हालसम्म २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जा लिइसकेका छन् । आयोजनाका अनुसार आगामी एक साताभित्र करिब ३० जना जग्गाधनीले मुआब्जाबापतको रकम लिइसक्ने योजना छ । आयोजनाबाट मुआब्जा रकम वितरणमा कुनै समस्या नरहेको समेत आयोजना प्रमुख भण्डारीले बताए । नापी तथा मालपोत कार्यालयबाट दाखिला भई आएमा जग्गाधनीको खातामा मुआब्जाबापतको रकम तत्काल जम्मा गरिदिने गरेको उनले बताए ।

    सोही क्षेत्रमा सोमबार योजना प्रमुख नारागणदत्त भण्डारीको उपस्थितिमा निर्माण कार्य सुरु भई ३०० मिटर कार्य गरिरहँदा स्थानीयले अवरोध नगरेको तर वडा अध्यक्ष थापासहित उनका परिवारले अभद्र व्यवहार गरी ढुंगामुढा गरेको तथा एक्साभेटर अपरेटरलाई आक्रमणको प्रयाससमेत गरेको आयोजना प्रमुखले बताए । उनका अनुसार त्यस बेला नेपाली सेनाको टोपी लगाएका एक जनासमेत अवरोध गर्न उपस्थित भएका थिए ।

    उनीहरूले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत हस्तक्षेप गरेको बताइएको छ । वडा अध्यक्ष तथा उनको परिवारबाट भएको अभद्र व्यवहारका कारण आयोजनाको काममै प्रभाव परेको भण्डारीको गुनासो छ । काम गर्न समस्या भएसँगै योजनाले जिल्ला प्रशासन कार्यालय रसुवालाई सुरक्षा व्यवस्था गरिदिन माग गरेको छ । सोमबार मात्र सडक निर्माण गरिरहँदा अन्य क्षेत्रबाट कुनै अवरोध नआएकामा उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्षसहित उनको परिवारले कार्यक्षेत्रमा अभद्र व्ययहार गरेको र ढुंगामुढा गर्नुका साथै अपरेटरमाथि हातपातसमेत गर्न खोजेपछि योजनाले तत्काल निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय रसुवा समक्ष सुरक्षा माग गरेको छ ।

    मंगलबार बेत्रावतीदेखि नयाँपुलसम्मको तीन किलोमिटर सडक स्तरोन्नतिका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिएको थियो । तर, वडा अध्यक्ष  तथा उनका परिवारले काममा अवरोध गरेकाले काम अघि बढ्न नसकेको भण्डारीले बताए । शान्ति, सुरक्षा माग गरेको भए पनि, साइटमा सुरक्षाकर्मी आए पनि वडा अध्यक्ष र उनको परिवारले गरेको अवरोध हटाउन नसक्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

    उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्तिबापत तीन करोड ५० लाख रुपैयाँ यसअघि नै दिइसकिएको उनले बताए । अहिले उक्त क्षेत्रका १२७ जना जग्गाधनीमध्ये २० जनाको मुआब्जाको रकम दिइसकेको समेत उनले जानकारी दिए । ३० जनाको एक सातामा वितरण हुने उनको भनाइ छ । बाँकी जग्गाधनीको कागजातसहित प्रक्रिया पुर्‍याएर आएपछि सबै रकम भुक्तानी हुने उनले बताए । मुआब्जाको रकम वितरणका लागि कार्यालयसँग ५० करोड रुपैयाँ रहेको बताइएको छ ।

    बेत्रावतीदेखि नयाँपुलसम्मको तत्काल पिच गर्ने सडकको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर क्षेत्र योजनाले अधिग्रहण गर्नेछ ।

    यो सडक रूपान्तरणकारी (गेम चेन्जर) उच्चप्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुवेँसीसम्म र तेस्रो खण्ड स्याफ्रुवेँसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुवेँसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए तापनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

  • बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान


  • समाचार
  • १

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    १ घण्टा अघि

  • २

    अराजक ट्राफिक प्रहरी निलम्बित
    १ घण्टा अघि

  • ३

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    १ घण्टा अघि

  • ४

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १५ घण्टा अघि

  • ५

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    १८ घण्टा अघि

  • ६

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २० घण्टा अघि

  • ७

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २० घण्टा अघि

  • ८

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २० घण्टा अघि

  • ९

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २१ घण्टा अघि

  • १०

    एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १५ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution