• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनएमबि बैंक र टानबीच सहकार्य

३३ मिनेट अघि
२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

२ घण्टा अघि
३

अराजक ट्राफिक प्रहरी निलम्बित

३ घण्टा अघि
४

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

३ घण्टा अघि
५

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१६ घण्टा अघि
६

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

२० घण्टा अघि
७

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२१ घण्टा अघि
८

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२२ घण्टा अघि
९

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२२ घण्टा अघि
१०

मनकामना केबलकारको टिकटमा हिराको हार

२२ घण्टा अघि
११

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२२ घण्टा अघि
१२

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • बंगलादेशविरुद्धको खेलमा १२औं खेलाडी बनेर मैदान प्रवेश गरेकी पुनमको मुटुमा समस्या

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र २५, शुक्रबार (९ महिना अघि)
  • ५५८ पाठक संख्या
  • punam

    २५ भदौ,काठमाण्डौ – पहिलो पटक दशरथ रंगशालामा अन्तराृष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दा, मिडिया र दर्शक नै अचम्मित थिए । उपस्थित सबैले सोचे अखिल नेपाल फुटबल संघ ‍(एन्फा) ले ‘फिफा विन्डोज’को मैत्रीपूर्ण खेलमा ठूलो बदनामी कार्य गर्यो ।

    अझ फिफा फोर्थ रेफ्रीले ठूलो गल्ती गरिन् । खेल अगाडि खेलाडी संख्या गणना गर्न भुलिन् । खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शक तथा शुभचिन्तकसमेत अचम्मित थिए ।  भ्रमणकारी बंगलादेश र नेपालको राष्ट्रिय गानसम्म नेपाली टोली १२ खेलाडीसहित मैदानमा थियो । जब राष्ट्रिय गान समाप्त भयो,  तब सुरुवाती – ११ बाहिर रेहेकी डिफेन्डर पुनम जर्घा मगर मैदानबाट बाहिर निस्किन् ।  नेपाली बेन्चमा रहेका प्रशिक्षक, प्रशिक्षक स्टाफ, अफिसियल र बाँकी खेलाडीले पुनम बाहिर निस्कँदा मज्जाले ताली पिटिरहेका थिए । पूरा टिमको यो सम्मान पुनमप्रति थियो । पुनमसमेत मुस्कुराउँदै मैदान बाहिर निस्किन् ।

    सबैलाई लागेको थियो यो एन्फाको ठूलो खेलाँची हो । यसअघि नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा कडा सुरक्षा व्यवस्था गरेको एन्फाले किन यतिको लापरबाही गरेको होला ? सबैलाई लाग्न सक्छ । तर भित्री रहस्य भने निकै दुखद् रहेछ । पुनम खेल जीवनकै कठिन मोडमा रहिछन् । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलअघि एन्फाले फिफा नियमअनुसार सम्पूर्ण महिला खेलाडीलाई फिफा ‘प्रि – कम्पिटिसन मेडिकल एसेसमेन्ट (पीसीएमसी)’ खेलअघिको स्वास्थ परीक्षण गराएको थियो । पीसीएमसीको रिपोर्टअनुसार पुनमले अब केहस् समय मैदान छाड्नुपर्ने हुन्छ । त्यो कति समयको हुनेछ ? अझै निश्चित छैन । शुक्रबार दोस्रो पटक पुनमको पीसीएमसी गरिनेछ । त्यसपछि मात्रै उनको मैदान बाहिर कति समय बस्ने वा खेल नै छाड्नुपर्ने हो ? बल्ल यकिन हुनेछ । एन्फाले गराएको पीसीएमसी रिपोर्टअनुसार पुनमको मुटुमा समस्या छ । उनको मुटुमा प्वाल देखिएको छ, जसकारण पुनमलाई तत्काल डक्टरले नखेल्न आग्रह गरेका छन् ।

    सन् २०२० को युरो कपमा पनि यस्तै देखिएको थियो । समूह बी अन्तर्गत डेनमार्क र फिनल्यान्डको खेल जारी थियो । खेलको ४३ मिनेटमा घरेलु टोलीका मिडफिल्डर क्रिष्टियन इरिक्सन मैदानमा ढले । हृदयाघातका कारण मैदानमा ढलेका क्रिष्टियनले प्राथमिक उपचारपछि जीवन भने जिते । तर करिब तीन महिना भइसक्दा उनी मैदान प्रवेश गर्न सकेका छैनन् । बारम्बारका यस्ता घटनापछि फिफाले आफ्ना सदस्य राष्ट्रलाई खेलअघि आफ्ना खेलाडीको स्वास्थ्य उपचार गराउन निर्देशन दिएको छ । फिफाको निर्देशन पालना गरेको एन्फाले सो घटना नेपालमा भने दोहोरिन दिएन । यदि पुनम स्वास्थ्य परीक्षण नगरी मैदान प्रवेश गरेको भए बिहीबार मैदानमा के हुन्थ्यो ? कसैले अनुमान गर्ने कुरा थिएन ।

    पुनमलाई डाक्टरले तत्काल नखेल्न आग्रह गरेसँगै टिमले उनको मनोबल उच्च बनाउन १२ औं खेलाडीको रूपमा मैदान प्रवेश गराएको थियो । टिमका साथी र प्रशिक्षकले पुनमलाई पुनः त्यही अवस्थामा फर्कन प्रेरणा दिँदै मैदान प्रवेश गराएका थिए । ‘पीसीएमसी रिपोर्टपछि पुनमको मुटुमा केही समस्या भएको पाइयो । डाक्टरले उसलाई तत्काल नखेल्न भनेका छन्,’ महिला विभाग प्रमुख तथा पूर्वमुख्य प्रशिक्षक हरि खड्काले भने । पुनमको मनोबल बढाउन १२औं खेलाडीको रूपमा उनलाई मैदानमा पठाएको उनले बताए । ‘रिपोर्टपछि हामीले बंगलोदशविरुद्ध उनलाई खेलाउन नसक्ने भयौं । उनको मनोबल बढाउन हामीले मैदान पठाएका हौं । बाँकी समयमा पनि पुनरागमन गरेर खेल्न सक्छ, यसरी फेरि खेल्नुपर्छ भनेर मैदान प्रवेश गराएका हौं,’ मैत्रीपूर्ण खेलमा टोली अफिसियलका रूपमा रहेका खड्काले भने ।

    विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने पुनमले डाक्टरलाई अभ्यास र यसअघिका खेलमा खेल्दा कुनै पनि समस्या नभएको बताएकी थिइन् । टोलीका सदस्यअनुसार डाक्टरले पुनमको बच्चैदेखि मुटुको समस्या रहेको बताएका थिए । तर, पुनमले अहिले आफ्नो मुटुमा कुनै समस्या भएको महसुस गरेकी भने छैनन् । आधा दशकयता राष्ट्रिय टोलीको नियमित सदस्य रहेकी पुनम सेन्टर डिफेन्डर हुन् । विराटनगरमा भएको साफ च्याम्पियनसिपमा सेट पिसमा अगाडि बढ्दै पुनमले श्रीलंकाविरुद्ध नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । पुनमको यो राष्ट्रिय टोलीबाट पहिलो गोल थियो ।

    नेपालले बिहीबार बंगलादेशलाई २ – १ गोल अन्तरले पराजित गर्यो । नेपालको जितमा दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । दोस्रो खेल आइतबार हुनेछ ।

  • subhyaug
  • अन्तराृष्ट्रिय मैत्रीपूर्ण खेल
  • दशरथ रंगशाला
  • पाली महिला टोली
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एनएमबि बैंक र टानबीच सहकार्य

  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन


  • समाचार
  • १

    एनएमबि बैंक र टानबीच सहकार्य
    ३३ मिनेट अघि

  • २

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    २ घण्टा अघि

  • ३

    अराजक ट्राफिक प्रहरी निलम्बित
    ३ घण्टा अघि

  • ४

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    ३ घण्टा अघि

  • ५

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १६ घण्टा अघि

  • ६

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    २० घण्टा अघि

  • ७

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २१ घण्टा अघि

  • ८

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २२ घण्टा अघि

  • ९

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २२ घण्टा अघि

  • १०

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १६ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution