• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१७ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१७ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१८ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१८ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१९ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१९ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१९ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

२० घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

२० घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

२० घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

२१ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    ३ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • कुशे औँसीमा पिताजीको मुख हेर्ने-दिन

    प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)
  • ४१८ पाठक संख्या
  • Gokarna Tempale

    २२ भदौ, काठमाडौं  । कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

    कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।

    कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।

    बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।

    buba-ko-mukh-herne-2-1567125687.jpg

    ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    पितृसम्मान दिवस

    यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

    यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ ।

    मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ ।

    गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर–घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।

    घरमै मनाइँदै पितृ सम्मान दिवस

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

    बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

    गोकर्णलगायत तीर्थस्थलमा गरियो औँसी श्राद्ध

    यस वर्ष औँसी श्राद्ध सोमबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ््दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी जगदीशचन्द्र भट्टले बताए ।

    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए ।
    सोमबार मघा नक्षत्रसमेत परकाले धेरैले श्राद्ध गरेनन् । मघा नक्षत्र परेका दिन श्राद्ध गरेमा ज्येष्ठ पुत्र नाश हुने शास्त्रीय वचनका कारण भक्तजन गोकर्णलगायत तीर्थस्थलमा नगएका हुन् । सन्तान नहुने र पिण्ड नदिई गरिने मघा निमित्तक श्राद्ध गर्न भने भक्तजन पुगेका थिए ।

     

    बिहानै गोकर्ण पुगेका भक्तजन आइतबार रातिदेखिको वर्षाले गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा परेका कारण प्रभावित भएका थिए । अपराह्नकालमा डुबान कम हुँदै गएपछि भक्तजन श्राद्ध गरेर बाहिरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १७ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १७ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १८ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १८ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १९ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १९ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १९ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    २० घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    २० घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution