२०८१ आश्विन १, मंगलबार
२१ भदौ,खोटाङ – खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् ।
हिजो आईतबारसम्म खोटाङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङसँगै सदस्य उदयबहादुर कार्की, सदस्य रञ्जना राईलगायतले आइतबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
यस्तै, बराहपोखरी गाउँपालिका – ४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका – ५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ५ लफ्याङका वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका – ६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एमाले छाडेर समाजवादी रोजेका हुन् ।
निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सीमा दिएपछि जिल्लाका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । नयाँ दल रोज्ने अन्य जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका चाम्लिङले बताए ।
त्यस्तै खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar