२०८१ भाद्र २२, शनिबार
२० भदौ,काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासमा हुने स्रोतले जनाएको छ । प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघि कुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात मगाएको थियो ।
साउन २२ गते आफूलाई गैर कानूनी रूपमा हटाएको दाबी गर्दै शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । विद्युत् प्राधिकरणबाट शाक्यको बहिर्गमन उनकै चाहना अनुसार सम्मानजनक रूपमा भएको थियो ।
तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रले सरकारले आफूलाई दिने जुनसुकै जिम्मेवारी स्वीकार गर्ने बताएका थिए । जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद उनकै चाहनाबमोजिम सिर्जना गरिएको थियो ।
हितेन्द्रलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक सरहको सेवा सुविधा पनि उपलब्ध गराइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar