२०८१ आश्विन १, मंगलबार
१६ भदौ,अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकाका ५० जना किसानलाई उन्नत जातको मुर्रा भैंसी दिइएको छ ।
संघीय सरकारको भैंसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा भैंसी वितरण गर्ने कार्यक्रमअनुसार शितगंगा नगरपालिका ५० जना किसानलाई भैंसी उपलब्ध गराइएको हो । केन्द्रबाट आएको अनुदान रकममा नगरपालिका पाँच लाख रुपैयाँ थप गरि किसानहरुलाई भैंसी उपलब्ध गराएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले न्युज कारखानालाई जानकारी दिए ।
उनकाअनुसार केही किसानले भैंसी लिए भने आफैँ भैंसी खरिद गर्ने किसानलाई रकम उपलब्ध गराइएको हो । नगरपालिकाले पाँच लाख रुपैयाँसहित २१ लाख ३३ हजार १५ रुपैयाँ रुपैयाँ किसानहरूलाई हस्तान्त्रण गरेको छ । किसानको लागतसहित ४८ लाख ३८ हजार नौ सय ७० रुपैयाँमा भैंसी खरिद भएका छन् । सहकारीमार्फत बिल भरपाइका आधारमा किसानलाई रकम वितरण गरिएको शितगंगा दूग्ध उत्पादन तथा बिक्री वितरण सहकारीका अध्यक्ष कमल आर्चायले जानकारी दिए ।
प्रत्येक किसानलाई अनुदान स्वरुप ४२ हजार ६ सय ७३ रुपैयाँ किसानलाई सहकारीमार्फत प्रदान गरिएको छ । वार्षिक २० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने व्यावसायिक भैंसी पालन गरेका दोण घिमिरेले भंैसी किन्दाभन्दा उत्पादनको अनुदान बढी हुने भएकोले अप्ठेरोमा परेको गुनासो गरे । प्रदेश सरकारमार्फत शितगंगाका ५७ जना किसानले प्रतिलिटर दुई रुपैयाँका दरले ९० हजार एक सय एक लिटर दूध बिक्रीबाट एक लाख ८० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
नगरपालिकालेसमेत उत्पादनका आधारमा प्रतिलिटर तीन रुपँयाँ दिने भने पनि किसानले अहिलेसम्म रकम पाएका छैनन् । तर, वडा नम्बर १२ ले भने गत वर्ष आफ्ना किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको थियो । अर्घाखाँचीको शितगंगा नगरपालिका शितगंगा दूग्ध सहकारीमार्फत किसानले उत्पादन गरेको दूध बिक्री वितरणमा सहज भएको छ । सहकारीमा अहिले शितगंगा नगरपालिका वडा नं. २, ३, ४, ५, १२, १३ लगायत अन्य वडाका गरी करिब दुई सयभन्दा बढी कृषकहरु आवद्ध छन् ।
उनीहरुले उत्पादन गरेको दूग्धजन्य पदार्थ सिधै सहकारीमार्फत डेरीमा उचित मूल्यमा बिक्री गर्ने गरेका छन् । सहकारीका अध्यक्ष तथा कमल दूध डेरीका सञ्चालक कमल आचार्यले परिश्रम गरेका कृषकहरुलाई बजारको व्यवस्था गरेर उचित मूल्य दिई उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar