२०८१ बैशाख १३, बिहिबार
१६ भदौ,हेटौंडौ – बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेका तर्फबाट बागमतीमा मन्त्री बनेका खनालले हिजो मंगलवार मात्र नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । त्यस्तै उनले आज बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।
उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar