
१३ भदौ,दैलेख – दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिकामा एक बिद्यालयमा आफ्नो श्रीमतीलाई शिक्षकमा नियुक्त गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले अरू परिक्षार्थीमाथि जालझेल गरेका छन् ।
चामुण्डावीन्द्रासैनी नगरपालिका २ स्थित् भैरव माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षक नियुक्ती गर्न लिएको परिक्षामा व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलकी श्रीमतीले नाम निकाल्न नसकेपछी अध्यक्ष कँडेलकै दवाबमा नाम निकालेका शिक्षकलाई समेत नियुक्ति नदिएर अल्झ्याइएको हो ।
विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरिरहेको स्थानियहरुले बताएका छन् । गत ५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीनजना २३, ३४, र ३६ औँ नम्बरमा परे ।
८औँ नम्बरमा रहेका अधिकारीलाई नियुक्ति नदिएर विद्यालयले अल्झ्याएको छ । ‘मलाई नियुक्ति दिन छाडेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आफन्तका लागि पद छोड्न भनियो,’ अधिकारीले भने । अध्यक्षकी श्रीमती भने सोहि बिद्यालयमा बालशिक्षा अध्यापन गराइरहेकी छन् । तर व्यबस्थापन समितीका अध्यक्ष रहेका उनका श्रीमानले जवरजस्त उनैलाई नै नियुक्त गर्न खोजिएको आरोप छ ।
प्रधानाध्यापक कृष्णप्रसाद कँडेलले पनि अधिकारीलाई शिक्षकमा नियुक्त गर्न अध्यक्षले नमानेको स्वीकार गरेका छन् । ‘अधिकारी शिक्षकमा नियुक्त हुन योग्य हुनुहुन्छ, भनेर अध्यक्षज्यूलाई पटक–पटक भनेको छु, तर उहाँले मान्नु भएन,’ कँडेलले भने ।
उता उक्त बिषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रसंग कुराकानी गर्दा यसबारे प्रधानाध्यापकसँग छलफल गरेर निर्णय गर्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar