
८ भदौ,काठमाण्डौ – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।
अर्थ मन्त्रालयमा राजीनामा बुझाएर उनी बाहिरिएका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उनले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा परेका थिए ।
साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएपछि यसले अर्थ बजारमा हंगामा पिटेको थियो ।
यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको थियो । अन्ततः मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar