२०८१ आश्विन १, मंगलबार
७ भदौ,काठमाण्डौ – नेकपा एमालेका नेता तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले पनि केपी ओली समुह छाड्ने संकेत गरेका छन् ।
सोमबार साँझ सामाजिक संजालमा नेता बाँस्कोटाले यस्तो संकेत गरेका हुन् । आजदेखी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)को बैठकका क्रममा नेपाल निकटका नेताहरु चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका बेला आफुलाई पनि चन्द्रागिरि जान रहर लागेको भन्दै फेसबुकमा लेखेका हुन् ।
त्यस्तै बाँस्कोटाले आफुलाई पनि बैठकमा जाने रहर लागेको तर नेता नेपालले निम्ता नै नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन् मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन । कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफु त गहतकै झोल खाईन्छ। किड्नीलाई राम्रो गर्छ रे।
उता बाँस्कोटाले एक्कासी फेसबुकमा यस्तो लेखेपछी बाँस्कोटाको स्टाटसलाई लिएर ओली समुहमा भने हंगामा मच्चिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar