७ भदौ,धादिङ – कोरोना संक्रमणबाट धादिङका फुटबल खेलाडी राजु गुरुङको मृत्यु भएको छ ।
निमोनियाका बिरामी रहेको उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका गुरुङको हिजो आईतबार मृत्यु भएको हो । धादिङ बेनीघाट रोराङ ३ मलेखु निवासी गुरुङ धादिङ जिल्लाका पूर्व फुटबल खेलाडी हुन् ।
धादिङको नाम कमाएको एन्फा लिगको सार्वाधिक विजेता भद्रकाली युवा समाजको ०६१/६२ का १ नम्बरका खेलाडी रहेका गुरुङको निधन भएको एन्फा धादिङका महा सचिव रामहरी थापाले जानकारी दिए ।
खेल जिवन सँगै गुरुङ ०६९ मा माओवादी पार्टीमा समेत आबद्ध भएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar