• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

२ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

२ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • गृहमन्त्री बादल र गृहसचिव न्यौपानेद्धारा सरकारी ढुकुटीमाथी ब्रम्हलुट : सुराकी परिचालन का नाममा मात्र डेढ करोड स्वाहा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र ५, शनिबार (१० महिना अघि)
  • ९१६ पाठक संख्या
  • griha mantri 1 karod

    ५ भदौ,काठमाण्डौ – गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन दिए पनि त्यसमा सुधार हुन नसकेको हो ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६/७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरे । न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएको महालेखाको शुक्रबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । एक दशकदेखि महालेखाले सुराकी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिइरहेको छ तर त्यसलाई अटेरमात्र गरिएको छैन, अपारदर्शीसमेत छ ।

    २८ वर्षअघि मन्त्रिपरिषद्बाट पारित कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका हुन् ।

    गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा शान्तिसुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । त्यसबेलाका गृहमन्त्री (हाल प्रधानमन्त्री) शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट कार्यविधि पारित गराएर थालेको सुराकी दुरुपयोगको यो शृंखला २८ वर्ष पुग्दा पनि रोकिएको छैन ।

    खासगरी मन्त्रीले कार्यकर्ता र सचिवले आसेपासे कर्मचारीलाई सुराकीका नाममा मनपरी रकम बाँड्ने गरेका छन् । गृहमन्त्री र गृहसचिवले २०७४/७५ मा १ करोड ५६ लाख १ हजार रुपैयाँ बाँडेका थिए । २८ वर्षअघिको ‘तजबिजी अधिकार’ प्रयोग गर्दै आव २०७५/७६ मा तत्कालीन गृहमन्त्री थापाले ७२ लाख र तत्कालीन गृहसचिव प्रेमकुमार राईले ७३ लाख ९ हजार र खर्च गरेका थिए ।  अचम्म त आ.व २०७५/७६ र २०७६/७७ मा गृहमन्त्रीले गरेको सुराकी खर्च समान ७२/७२ लाख छ ।

    सुराकी खर्च तत्काल पाउने गोप्य सूचना र भैपरि कामका आधारमा हुनुपर्ने हो तर दुवै आवमा भएको खर्च रकम एउटै अंकमा हुनुले पनि आवश्यकता र औचित्यभन्दा मिलेमतोमा रकम लिने गरेको पुष्टि हुने गृहका एक अधिकारीले बताए । ‘विगतदेखिकै यो गलत परिपाटीको अन्त्य हुनुपर्छ भनेर सम्बन्धित बैठकमा उठ्छ तर सुधारमा खासै चासो दिइएको देखिएन ।’

    यो खर्च कहाँ र कुन–कुन शीर्षकमा भयो भन्ने विवरण गोप्य राखिएका कारण तजबिजीमा ढुकुटीको दुरुपयोग अधिक हुने गरेको आरोप लाग्ने गरेको छ । खासगरी यो खर्चमा गृहमन्त्रीले आसेपासे कार्यकर्ता र गृहसचिवले सुराकीका नाममा दोहन गर्ने गरेको आरोप लाग्दै आए पनि त्यसलाई सुधार गर्न कुनै पनि सरकारले तदारुकता देखाएका छैनन् । ‘शान्तिसुरक्षामा हुने सुराकी खर्चलाई व्यवस्थित गर्न विगतदेखि नै औंल्याइए पनि सुधार भएको छैन,’ शुक्रबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

    गृह मन्त्रालयका पूर्वसचिव खेमराज रेग्मीले सुराकी परिचालन र सूचना संकलनका नाममा हुने खर्च आवश्यकता र औचित्यभन्दा कार्यकर्ता र आसेपासेलाई खुसी बनाउन बढी केन्द्रित भएको बताए । ‘गृहमन्त्री र गृहसचिवले गर्ने सुराकी/भैपरि शीर्षकको खर्च शान्तिसुरक्षा व्यवस्थापनमा कम र आसेपासेलाई बाँड्नेमा बढी हुने गरेको देखिन्छ,’ रेग्मीले कान्तिपुरसँग भने, ‘कहिलेकाहीं त गृहमन्त्रीले आफूले अधिक मात्रामा सुराकी शीर्षकमा खर्च गरेपछि गृहसचिवका नामबाट पनि थप रकम लिने गरेको पाइयो, यस्तो खर्च तजबिजीभन्दा पारदर्शी र व्यवस्थित हुन जरुरी छ ।’

    सरकारले आर्थिक सहायता र उपचार खर्चसम्बन्धी कार्यविधि मिचेर आसेपासेलाई सरकारी ढुकुटीबाट सहायता बाँडेको छ । सरकारी ढुकुटीबाट सहायता लिनेमा आर्थिक रूपले सम्पन्न र लामो समय सार्वजनिक पदधारण गरेका व्यक्ति पनि छन् । पछिल्लो पटक एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारी ढुकुटीबाटै खर्च गरेर दिल्लीमा उपचार गराएका छन् । अन्य राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताले पनि यसरी रकम लिएका छन् । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनमा यसरी जथाभावी बाँडिएको रकममा नियन्त्रण र कार्यविधिको पालना गर्न सरकारलाई निर्देशन दिइएको छ ।

    नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६८ अनुसार राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिलाई औषधिउपचार तथा आर्थिक सहायता पूर्वप्रधानमन्त्रीलाई बढीमा १५ लाखसम्म र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका अन्यलाई ७ लाखसम्म दिइने उल्लेख छ । अन्यलाई औषधिउपचारबाहेक प्रयोजनका लागि आर्थिक सहायता नदिइने उल्लेख भए पनि सरकारले त्यसविपरीत रकम बाँडेको छ । सरकारले ५० हजारदेखि २० लाखसम्मका दरले कार्यकर्ता, आसेपासे र पहुँचवालालाई मनलाग्दी रकम बाँडेको छ ।

    आव २०७२/७३ देखि गएको आव २०७६/७७ सम्म आर्थिक सहायताअन्तर्गत १ अर्ब ४ करोड ३१ लाख ६४ हजार रुपैयाँ बाँडिएको महालेखाको रिपोर्टमा उल्लेख छ । यो रकम २०७२ मा संविधान जारी भएयताको हो ।

    आव २०७६/७७ मा मन्त्रिपरिषद्बाट निर्णय गराएर १७ करोड २३ लाख ३४ हजार रुपैयाँ बाँडिएको छ । ६ सय २९ व्यक्ति तथा संस्थालाई सरकारले यो रकम बाँडेको हो । आव २०७५/७६ मा ९ करोड ८० लाख ८८ हजार, २०७४/७५ मा ३१ करोड ८० लाख २७ हजार, २०७३/७४ मा २९ करोड ६ लाख ८ हजार र २०७२/७३ मा १६ करोड ४० लाख ३५ रुपैयाँ बाँडिएको छ । कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • गृहमन्त्री बादल
  • गृहसचिव
  • ब्रम्हलुट
  • सरकारी ढुकुटी
  • सुराकी परिचालन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    २ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    २ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution