४ भदौ,सुनसरी – सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।
ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar