२०८१ भाद्र ३०, आईतबार
४ भदौ,काठमाण्डौ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मुख्य समस्या विचारहिनता वा सिद्धान्तहिनताबाट सुरु भएको बताएका छन् ।
पार्टीमा आएको विग्रहको कारणबारे सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नेकपा एमालेमा माधवकुमार नेपाल समूहका भुसाल नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्तापछि चाहिँ नेपालसँग देखिएका छैनन् । त्यसो त यसअघि उनी नेकपा एमाले समाजवादीको महासचिव हुने विषयमा व्यापक चर्चा भएको थियो । तर, यो अड्कलबाजी र अफवाह भएको उनीनिकट एक नेताले बताएका छन् ।
शुक्रबार विहान फेसबुकमा चाहिँ भुसालले पार्टीमा संगठनात्मक विधि स्थापित गर्दा पार्टीमा देखिएका समस्या समाधानका लागि ढोका खुल्न सक्ने तर्क भुसालले गरेका छन् ।‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररुपमा विसर्जनतर्फ जाँदैछौँ,’ भुसालले लेखेका छन्, ‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !’ अनि उनले अब फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar