२०८१ आश्विन १, मंगलबार
२ भदौ,काठमाण्डौ – आज नेकपा एमाले र जसपाको विभाजनसँगै एकैदिन निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएको छ ।
आज मंगलवार, नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजन भएसंगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले समाजवादी नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले समाजवादी मा साविक नेकपा एमालेका सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ ।
त्यस्तै आजै आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो । पुराना राजनीतिज्ञ महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।
उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ । सरकारले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ आज जारी गरेसँगै एकै दिन मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका एमाले र जसपा विभाजन भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar