२०८१ बैशाख २०, बिहिबार
२ भदौ,काठमाण्डौ – सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ ।
यस योजना अन्र्तगत आफ्ना ग्राहकको लागि भदौ महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको व्यवस्था गरेको छ । यो योजना अन्र्तगत आफ्ना ग्राहकलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिने बैकले जनाएको छ ।
जस अन्तर्गत प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन । साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सबै नारीलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैया सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।
यो खातामा भाद्र महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५ प्रतिशत वेश प्वाइन्टको छुट दिने समेत बैंकले जनाएको छ । सेयर बजारमा नारीको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar