• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

१ घण्टा अघि
२

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

३ घण्टा अघि
३

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

३ घण्टा अघि
४

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

४ घण्टा अघि
५

रौतहटमा बस पल्टियो, १० जना घाइते

४ घण्टा अघि
६

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

२१ घण्टा अघि
७

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

२२ घण्टा अघि
८

नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार

२२ घण्टा अघि
९

राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

२२ घण्टा अघि
१०

इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

२२ घण्टा अघि
११

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोडभन्दा बढी

२२ घण्टा अघि
१२

तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचियो

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • ओलीका पालामा सहजै स्वीकृत गर्ने राष्ट्रपति भण्डारीद्धारा देउवा सरकारको अध्यादेश स्वीकृत गर्न ढिलासुस्ती

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (३ साल अघि)
  • १०३८ पाठक संख्या
  • bidhya bhandari

    २ भदौ,काठमाण्डौ – सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको छ ।

    अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए विभाजन हुनसक्ने प्रावधान राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अध्यादेशको लिखत मंगलबार अपराह्न बुझाएका छन् । राष्ट्रपतिबाट स्वीकृत भइसकेको छैन ।

    मुख्य विपक्षी दल नेकपा एमालेका नेताहरूले राष्ट्रपतिले उक्त आध्यादेशमा पुनिर्विचार गर्नुपर्ने बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ गते अध्यादेश जारी गराएका थिए । उक्त अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भए दल विभाजन हुनसक्ने प्रावधान राखिएको थियो । ऐनमा केन्द्रीय समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्यले मात्रै दल विभाजन गर्न सक्ने प्रावधान थियो ।

    अध्यादेश जारी भएपछि तत्काली सत्तरूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दोस्रा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतका नेताहरूले चर्को विरोध गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले नेकपा नै विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाएका थिए । भुसको आगो झैँ भित्रभित्रै सल्किरहेको नेकपाको आन्तरिक विवाद यही अध्यादेश प्रकरणपछि विस्फोटकरूपमा सामुन्ने आएको थियो । त्यति बेलाको मुख्य विपक्षी दल नेपाली कांग्रेस, अर्को विपक्षी दल तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले पनि विरोध गरेका थिए । नागरिक अगुवाहरूले पनि विरोध जनाएका थिए ।

    सरकारले संविधानको भावनाविपरीत राजनीतिक दल विभाजन गराउन खोजेको आरोप उनीहरूको थिए । खासगरी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउन अध्यादेश जारी गराएको आरोप ओलीमाथि लागेको थियो । लकडाउनको समयमा काठमाडौँबाट महोत्तरी पुगी समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपरहण गरेर काठमाडौँको एउटा होटलमा राख्न लगाएको आरोप पनि ओलीमाथि लागेको थियो ।

    चौतर्फी चर्को विरोध भएपछि सरकारले चौथो दिन वैशाख १२ गते उक्त अध्यादेश फिर्ता लिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पनि जारी गरेको थियो । सरकारले दुवै अध्यादेश एकसाथ फिर्ता लिएको थियो । राजनीति दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी भएपछि उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टी महन्थ ठाकुर अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी रातारात एकीकृत भएका थिए ।

    देउवा सरकारले ओली सरकारले राखेको भन्दा सहज प्रावधान राखेर अध्यादेश राष्ट्रपति समक्ष पु¥याएको छ । ओली सरकारले केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने प्रावधान राखेकोमा देउवा सरकारले २० प्रतिशत भए हुने बनाएको छ । प्रधानमन्त्रीले बुझाउनासाथ अध्यादेश स्वीकृत गर्ने गरेको आरोप राष्ट्रपति भण्डारीमाथि लाग्ने गरेको छ । तत्कालीन प्रधानमन्त्री ओलीका सन्दर्भमो यस्तो आरोप गरेको थियो ।

    प्रधानमन्त्री देउवाले मंगलबार अपराह्न ३ बजेअगावै राष्ट्रपतिलाई भेटेका भए पनि साँझ सात बजेसम्म अध्यादेश स्वीकृत भएको छैन ।
    अध्यादेश जारी गराउने कदमको सत्तारूढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ । ओली सरकारले उक्त अध्यादेश जारी गराउँदा नेपाली कांग्रेसले संविधान र लोकतन्त्रका विरुद्ध सरकारी कदम भनेर विरोध जनाएको थियो । प्रधानमन्त्री ओलीले संसद भङ्ग गरेर अध्यादेशमार्फत सरकार चलाउन खोजेको कांग्रेसको आरोप थियो ।

    ओलीले दोस्रो पटक विघटन गराएको प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि शुरू भएको संसद अधिवेशन देउवा सरकारले २९ दिनमै अन्त्य गरेर अध्यादेशकै बाटो रोजेको छ । अधिवेशन चलेको उन्नतीस दिनमा प्रतिनिधिसभा बैठक ९ दिनमा जम्मा २० घण्टा १५ मिनेट चल्यो । पहिलो बैठकमा विभिन्न समयमा जारी भएका १५ वटा अध्यादेश प्रस्तुत भए । यीमध्ये १४ वटा आठौँ अधिवेशनमै दर्ता भएर प्रस्तुत भएका हुन् । एउटा अध्यादेश सातौँ अधिवेशनमा दर्ता भएको थियो । प्रतिनिधिसभामा अध्यादेशबाहेक ३७ वटा विधेयकहरू विचाराधीन छन् । तीमध्ये ‘कारागार विधेयक, २०७६’ मा सम्बन्धित समितिबाट प्रतिवेदन पेश भएकोबाहेक अन्य विधेयक अघि बढेनन् ।

    सरकारले संसदमा पेश भएका अध्यादेशहरूमा प्रतिस्थापन विधेयक पनि पेश गरेन । अध्यादेशहरूमाथि छलफल नै भएन । संसदले अध्यादेश स्वीकार गरेको अवस्थामा सरकारले अधिवेशन शुरू भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
    एक पटक फिर्ता लिएर फेरि २०७७ मंसिर ३० गते जारी भएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ फागुन २३ गते प्रतिनिधिसभामा पेश भए पनि प्रतिस्थापन विधेयक प्रस्तुत भएन ।

    निष्क्रिय हुने भएपछि ओली सरकारले फेरि २०७८ वैशाख २१ गते उक्त अध्यादेश जारी ग¥यो । यो अध्यादेश प्रतिनिधिसभा दोस्रो पटक पुनस्र्थापना भएपछि शुरू भएको आठौँ अधिवेशनको पहिलो बैठकमा, गत साउन ३ गते, फिर्ता लिएको जानकारी सरकारले गरायो ।
    एउटा पनि विधेयक र अध्यादेश छलफलका लागि टेबल नगरी सरकारले हठाथ आठौँ अधिवेशन अन्त्य गरायो । अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश जारी गराउने निर्णयले देउवा सरकारले संसदको मानमर्दन गरेको र प्रतिनिधिसभा पुनर्स्थापना औचित्य पुष्टि गर्न नसकेको आरोप लाग्न थालेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको निर्णय पनि अदालतमा मुद्दाको विषय बन्न सक्ने सर्वोच्च अदालतको व्याख्यापछि राष्ट्रपतिले ‘परामर्श’ भनेर अल्झाउन सक्ने अनुमान पनि हुन थालेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी आन्तरिक विवादले विभाजनको संघारमा भए पनि ऐनबमोजिमको सदस्य संख्या नपुग्दा अल्पमतमा रहेका पक्षले दल विभाजन गर्न सकेका छैनन् । यसरकाणले ती दुई पार्टीका अल्पमतका नेताहरूलाई सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो । अध्यादेश जारी नहुँदै नेकपा एमालेको ओली पक्षले माधव नेपालसहित १४ जनाको सांसद पद खोस्ने निर्णय गरेको छ ।

  • subhayug
  • राजनीतिक दलसम्बन्धी अध्यादेश
  • राष्ट्रपति कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

  • भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स


  • समाचार
  • १

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    १ घण्टा अघि

  • २

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ३ घण्टा अघि

  • ३

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ३ घण्टा अघि

  • ४

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ४ घण्टा अघि

  • ५

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ४ घण्टा अघि

  • ६

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता
    २१ घण्टा अघि

  • ७

    कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला
    २२ घण्टा अघि

  • ८

    नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार
    २२ घण्टा अघि

  • ९

    राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण
    २२ घण्टा अघि

  • १०

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    २

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ३

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    ४

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution