२०८१ भाद्र ३०, आईतबार
१ भदौ,बाजुरा – बाजुराको बडीमालिका नगरपालिकाले एक जिवित व्यक्तिलाई मृत घोषित गरी सामाजिक सुरक्षा भत्तासमेत रोक्का गरेको छ ।
बडीमालिका नगरपालिकास्थित् वडा नं ८ का ८० वर्षिया तुले थापालाई मृत घोषित गरेर उनको सामाजिक सुरक्षा भत्ता रोकेको पाईएको हो । केही दिन अगाडि मात्रै थापा आफ्नो सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँको मृत्यु भएको भनि नगरपालिकाले खाता बन्द गरिदिएको थाहा पाएपछि उनी रित्तो हात फर्किन बाध्य भएका थिए ।
जिबित मान्छेलाई नै मृत्यु भईसक्यो भनेर गएको चैत महिनाबाट नै सामाजिक सुरक्षा भत्ता कट्टा हुने गरि बैक खाता बन्द गरेको साउनमा आएर थाहा भएको थापाकी बुहारी सीता बरालले बताइन । बडीमालिका नगरपालिकाको यस्तो लापरवाहिले बृद्ववृद्वा लाई दुख दिने काम भएको उनको भनाई छ । बडीमालिकाले मृत घोषित गरेर सामाजिक सुरक्षा भत्ता कटौति गरेका थापा भने हाल उपचारका लागि धनगढीमा रहेका छन् ।
यता बडीमालिका नगरपालिकाले भने अर्कै मृत व्यक्तिको खाता बन्द गर्न खोज्दा तुले थापाको नाम पर्न गएको स्विकार गरेको छ । मृत घोषित भएका थापाको खाता पुनस् संचालनमा ल्याएर सामाजिक सुरक्षा भत्ताको लागि प्रकृया अगाडि बढाईसकेको नगरपालिकाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar