२०८१ बैशाख ७, शुक्रबार
३२ साउन,काठमाण्डौ – मौद्रिक नीतिपछिको सेयर बजारमा तीव्र उतार – चढाव देखिएको छ ।
गत बिहीबार ३ हजार १ सय ७८ दशलमव ९१ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से आइतबार २४ दशलमव ५७ अंकले घटेको हो । मौद्रिक नीतिले एक व्यक्तिले लिने सेयर धितो कर्जामा कडाइ गर्नुका साथै हाल कार्यान्वयनमा रहेको कर्जा स्रोत परिचालन अनुपातलाई खारेज गर्दै कर्जा निक्षेप अनुपात (सीडी) रेसियो कार्यान्वयनमा ल्याएको थियो ।
मार्जिन कर्जामा सीमा तोकेको र सीडी रेसियो कार्यान्वयनमा आएसँगै बजारमा तरलता अभाव भएर ब्याजदर बढ्न सक्ने आशंका गरिएको छ । यस्को प्रभावस्वरूप सुरुवातमा नेप्सेमा उच्च गिरावट आएपछि अन्तिममा बजार केही सम्हालिएर बन्द भएको हो ।
नेप्से घटेपछि कारोबार रकमले भने माथि पुगेको छ । यस अघि, गत जेठ मसान्तमा १९ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आइतबार साढे २१ अर्बको कारोबार भएको छ । नेप्सेमा ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख १ हजार रुपैयाको कारोबार भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar