२०८१ भाद्र ३०, आईतबार
३१ साउन,काठमाण्डौ – सत्तारुढ गठबन्धनले नेकपा एमालेकी सांसद तथा चर्चित युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रतिनिधि सभाको उपसभामुख बनाउने तयारी थालेको छ ।
गठबन्धनले नेकपा एमालेको माधव नेपाल समुहबाट तत्कालिन ओली सरकारको गलत क्रियाकलाप विरुद्ध खरो अवाज उठाउँदै आएकी नेतृ झाँक्रीलाई उपसभामुख बनाउने तयारी भएको उच्च राजनीतिक स्रोतले जनाएको छ । झाँक्रीलाई प्रतिनिधि सभाको उपसभामुख बनाउने तयारी थालेपछी प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने तनाव सिर्जना भएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएकी झाँक्रीलाई केही समयअघि राष्ट्रपति संस्था विरुद्ध बोलेको भन्दै उनकै पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा पक्राउ गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि ओलीकै निर्देशनमा प्रहरीले उनलाई ३ घण्टामै रिहा गरेको थियो ।
गठबन्धन दल नेपाली कांग्रेसले झाँक्रीलाई सभामुख बनाउन प्रस्ताव गरेको बुझिएको छ । माओवादी केन्द्रले पनि समर्थन गरेको र गठबन्धनका मुख्य नेता माधव नेपाल पनि सकारात्मक भएका कारण उनी उपसभामुख बन्ने पक्का रहेको श्रोतको दावी छ । यद्धपी झाँक्रीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar