२०८१ भाद्र २२, शनिबार
२३ साउन,काठमाण्डौ – खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने एक गिरोह काठमाण्डौबाट पक्राउ भएका छन् ।
आज (शनिबार) बिहान ५ बजे कलंकीको खसीबजार क्षेत्रमा खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।
उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु समेत प्रहरीले बरामद गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar