२०८१ भाद्र २२, शनिबार
१२ साउन,रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ स्थित् प्रगतिशील आधारभूत विद्यालयका प्रधानाध्यापकमाथी वडा अध्यक्षका छोराद्धारा आक्रमण भएको छ ।
विद्यालयको व्यवस्थापन समितिको बैठकमा आफ्नो गल्तीबारे कुरा उठाएको भन्दै बैठक चलिरहेका बेला वडा अध्यक्ष वडा अध्यक्ष कर्णबहादुर खड्काका छोरा तथा सोहि बिद्यालयका शिक्षक दिनेश खड्काले प्रधानाध्यपक दीपबहादुर खड्कामाथि ढुंगा र मुक्का प्रहार गरेका हुन् । शिक्षक खड्काको आक्रमणमा परि प्रधानाध्यापक घाइते भएका छन् ।
त्यसपछि घाइते खड्कालाई जिल्ला अस्पताल पुर्याइएको थियो । आक्रमण गर्ने शिक्षक दिनेशलगत्तै फरार भएका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनले घटनाको थप अध्ययन भइरहेको जानकारी दिए ।
उता, संघीय अनुदान कोटामा गत माघमा करारमा नियुक्त दिनेशले विद्यालयको खाताबाट अनधिकृत रूपमा रकम निकाशा गरेको विषय बैठकमा उठाउदा आफूमाथि आक्रमण भएको प्रधानाध्यापक खड्काले बताएका छन् । ‘गत बैशाख १२ गते दिनेशले एक लाख पचास हजार रकम मलाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई झुक्याएर निकाशा गरेको पाईयो’, घाइते प्रधानाध्यापक खड्काले भने, ‘सोही विषयमा कुरा उठाउदा म कुर्सीमा बसिरहेको बेला ढुंगा टिपेर प्रहार गरे, बैठकका सबैले उनलाई रोकेपछी म बाँचेको हुँ ।’
जिल्ला अस्पताल सल्लेमा उपचार गराइरहेका प्रधानाध्यापक खड्काको छाति र पेटमा चोट लागेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar