• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

१ घण्टा अघि
२

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

३ घण्टा अघि
३

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

३ घण्टा अघि
४

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

३ घण्टा अघि
५

रौतहटमा बस पल्टियो, १० जना घाइते

३ घण्टा अघि
६

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

२१ घण्टा अघि
७

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

२१ घण्टा अघि
८

नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार

२१ घण्टा अघि
९

राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

२२ घण्टा अघि
१०

इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

२२ घण्टा अघि
११

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोडभन्दा बढी

२२ घण्टा अघि
१२

तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचियो

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • अल्पमतमा परेपछी वागमतीका मुख्यमन्त्री छलफलमा : शक्ति बाँडफाँड गरी एकता गर्न तयार

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ श्रावण ६, बुधबार (३ साल अघि)
  • १०२९ पाठक संख्या
  • dormani

    ६ साउन,काठमाण्डौ – नेकपा एमाले कानूनी विभाजन बाँकी रहेका बेला मुख्यमन्त्री फेरेर भने पनि वागमती प्रदेशमा एमालेकै सरकार कायम राख्नेबारे छलफल भएको छ ।

    मुख्यमन्त्री डोरमणी पौडेल आफैं पनि पावर शेयरिङ वा पद छाड्ने दुवै विकल्पमा सकारात्मक छन् । वागमती प्रदेशमा एमालेको बहुमत छ । तर, विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला माधव नेपाल पक्षका एकजना सांसदले असहयोग गर्नासाथ सरकार ढल्छ ।

    केन्द्रमा विवाद भए पनि वागमतीमा अहिलेसम्म अष्टलक्ष्मी शाक्यले बजेट तथा नीति कार्यक्रम पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । नीति कार्यक्रम पारित गरेकोमा माधव नेपालले शाक्यलाई बोलाएर असन्तुष्टी समेत जनाएका थिए । तर, शाक्यले आफू वागमतीको नेता भएकाले हस्तक्षेप नगर्न भनेकी थिइन् । शाक्यले वागमतीबाट पार्टी एकतामा दबाब दिन खोजेकी छन् । उनले आफू अब मुख्यमन्त्री नबन्ने घोषणा समेत गरेकी छन् ।

    स्रोतका अनुसार मंगलवार पनि मुख्यमन्त्री पौडेल र माधव नेपाल पक्षका अष्टलक्ष्मी,राजेन्द्र पाण्डे र अरुण नेपाल लगायतका नेताहरुबीच छलफल भएको थियो । छलफलमा पौडेलले आफू मन्त्रिपरिषद पुनर्गठन गरेर पार्टीभित्रको सन्तुलन मिलाउन पनि तयार रहेको र आवश्यकता परे मुख्यमन्त्री छाडेर पार्टीकै अर्को नेतालाई बनाउन पनि तयार रहेको बताएका छन् ।

    पावर शेयरिङ लगायत प्रदेश सरकार र प्रदेशसभासँग सम्बन्धित पार्टीभित्रको सन्तुलन मिलाउन वागमतीमा एमालेका दुवै पक्षका नेता सम्मिलित अनौपचारिक कार्यदलले काम गरिरहेको छ । कार्यदलले मुख्यमन्त्रीको पक्षबाट केशव पाण्डे र दीपक निरौला छन् भने अष्टलक्ष्मी पक्षबाट राजेन्द्र पाण्डे र अरुण नेपाल छन् । कार्यदललाई मुख्यमन्त्रीको विषयमा छलफल नगर्न भनिएको छ । यो विषयमा पार्टी अध्यक्ष केपी ओलीले भने अनुसारनै गर्ने नेताहरुले बताएका छन् ।

    वागमती प्रदेश सरकारबाट तत्कालीन नेकपा विभाजनसँगै प्रचण्ड पक्षका शालिकराम जमरकट्टेल र युवराज दुलाल तथा माधव नेपाल पक्षका अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले सरकारमा ओली पक्षका मात्र मन्त्री छन् । पौडेलले अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँगको छलफलमा मन्त्री परिषदमा नेपाल पक्षका मान्छे समेट्न तयार रहेको बताएका छन् ।

    छलफलमा सहभागी एक नेताले भने, ‘मुख्यमन्त्री छाड्न पनि तयार छु र मन्त्रिपरिषद् सन्तुलित बनाउन पनि तयारै छु भन्नुभएको छ । मुख्यमन्त्री छाड्ने सन्दर्भमा फेरि पनि अध्यक्ष केपी ओली लगायत शीर्ष तहमै कुरा हुनुपर्छ, तत्काललाई हाम्रा केही साथी मन्त्री बनाउन पनि सकिन्छ ।’

    पौडेलले मुख्यमन्त्री छाडेमा माधव नेपाल पक्षका राजेन्द्र पाण्डे र अरुण नेपालमध्ये एकजना सो पदका आकांक्षी हुन् । संसदीय दलमा केपी ओली पक्षको बहुमत भएकाले सहमतिमा बाहेक अरु प्रक्रियाबाट उनलाई हटाउन अविश्वास प्रस्ताव नै ल्याउनुपर्छ । एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका नेता अरुण नेपालले वागमतीबाट पार्टीलाई एकताको लागि दबाब र सन्देश दिन आफूहरूले चाहेको बताए ।

  • subhayug
  • अरुण नेपाल
  • डोरमणी पौडेल
  • नेकपा एमाले
  • मुख्यमन्त्री
  • राजेन्द्र पाण्डे
  • वागमती प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

  • भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स


  • समाचार
  • १

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    १ घण्टा अघि

  • २

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ३ घण्टा अघि

  • ३

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ३ घण्टा अघि

  • ४

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ३ घण्टा अघि

  • ५

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ३ घण्टा अघि

  • ६

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता
    २१ घण्टा अघि

  • ७

    कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला
    २१ घण्टा अघि

  • ८

    नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार
    २१ घण्टा अघि

  • ९

    राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण
    २२ घण्टा अघि

  • १०

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    २

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ३

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    ४

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution