२०८१ भाद्र ३०, आईतबार
५ साउन,काठमाण्डौ – आज हरिशयनी एकादशी अर्थात मोठमा तुलशी रोप्नेदिन । तर केपी ओली समर्थक एमाले कार्यकर्ताहरुले भने आजै गाईजात्रा निकालेका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री रहेका ओलीलाई गलहत्याएर सत्ताच्युद गरिदिएको प्रति ओली निकटका एमाले कार्यकर्ताहरुले विरोध स्वरुप आज मंगलबार, बाँदरको भेषमा जात्रा निकालेका हुन् । ओली निकट युवासंघका कार्यकर्ताहरू सहभागी भएको जुलुशमा कतिपय कार्यकर्ताहरुले बाँदरको मुखुण्डो लगाएका थिए ।
प्रदर्शनकारीले एमाले र केपी ओलीको पक्षमा पनि नारा लगाएका थिए । ‘नेकपा एमाले जिन्दावाद’, ‘नेपाली जनताले के भन्छ, केपी ओली ले भन्छ’, ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’ जस्ता लगाएका थिए ।
त्यस्तै उनीहरुले सर्वोच्च अदालत र देउवालाई प्रधानमन्त्री बनाउनुअघि गठित विपक्षी गठबन्धनका विरुद्धमा पनि नाराबाजी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar